NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

हसिनाको बहिर्गमनपछि बंगलादेशको समर्थनमा पाकिस्तान

मङ्लबार भदौ १८ , २०८१
Reading Time: 1 min read
A A
हसिनाको बहिर्गमनपछि बंगलादेशको समर्थनमा पाकिस्तान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१८ भदौ , एजेन्सी ।

बंगालदेशमा प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेयता ठूलो राजनीतिक परिवर्तन भइरहेको छ । बंगलादेशको दुस्मनका रूपमा परिचित पाकिस्तानले पनि अब हसिनाको बहिर्गमनपछि दोस्तीको हात बढाइरहेको छ । ४ अगस्टमा विद्यार्थीहरूको आन्दोलनपछि बंगलादेशमा भएको सत्ता परिवर्तनलाई लिएर छिमेकी राष्ट्र पाकिस्तान औधी खुसी भएको छ ।

पदच्युत बनेकी प्रधनमन्त्री शेख हसिनाको कार्यकालका दौरान दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । सन् १९७१ को मुक्ति संग्रामका क्रममा पाकिस्तानको तर्फबाट भएको युद्ध–अपराधलाई लिएर पाकिस्तानले माफी माग्नुपर्छ भन्ने बंगलादेशको अडान थियो । तर, पाकिस्तानले यसलाई अस्वीकार गर्दै आएका कारण दुई देशबीचको सम्बन्ध राम्रो थिएन ।

LS Auto

तर, अपदस्थ प्रधानमन्त्री हसिना र उनी नेतृत्वको सरकार भत्किएर नयाँ सरकार बनेपछि भने पाकिस्तान समर्थक बनेको छ । नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसको नेतृत्वमा बनेको बंगलादेशको अन्तरिम सरकार पनि पाकिस्तानसँग आफ्नो सम्बन्धमा सुधार ल्याउनका लागि प्रयासरत छ । पछिल्लो समय बंगलादेश प्रशासनले पाकिस्तानसँग १९७१ मा भएको बंगलादेश मुक्ति संग्रामसँग सम्बन्धित समस्या समाधान गर्ने प्रयास थालेको छ ।

अन्तरिम सरकारको सूचना तथा प्रसारणका सल्लाहकार नाहिद इस्लामले सोमबार यसबारे जानकारी दिएका हुन् । २६ वर्षीय विद्यार्थी कार्यकर्ता नाहिद इस्लामले शेख हसिना सरकार पतनका मुख्य भूमिका निर्वाह गरेका थिए । उनै इस्लामले सोमबार बंगलादेशमा पाकिस्तानका उच्चायुक्त सैयद अहमत मारुफसँग भेटवार्ता गरेका थिए ।

जसमा उनले पाकिस्तानसँग लामो समययता चलिरहेको विवाद समाधान गर्ने पहल थालेका थिए । इस्लामले आवामी लिग (शेख हसिनाको पार्टी) ले सन् १९७१ को इतिहासको अन्तिम अध्याय मानेको भए पनि अब उक्त समस्या समाधान गर्ने आफ्नो चाहना रहेको सुनाए । सन् १९७१ मा पाकिस्तानमा आएको आन्तरिक संकटका कारण भारत र पाकिस्तानका बीच तेस्रो युद्ध भएको थियो ।

यस युद्धपछि नै पूर्वी पाकिस्तान अलग भएर बंगलादेशको जन्म भएको थियो । अन्तरिम सरकारले हसिनाको आवामी लिग पार्टीका मुख्य सिद्धान्तमा परिवर्तन ल्याउने क्रममा छ । ढाकाका राजनीतिक विश्लेषक प्रोफेसर नजमुल अहसन कलीमुल्लाका अनुसार वर्तमान सरकारका केही नेता पाकिस्तानसँग सम्बन्ध बढाउने कोसिस गरिरहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले केही समय पहिले बंगलादेशका स्वतन्त्र संग्रामका नायक तथा पूर्वराष्ट्रपति शेख मुजिबुर्रहमानको मूर्ति तोडफोडको विषयप्रति बचावमा पाकिस्तान विरोधी आन्दोलनका नेतृत्वकर्ताको हाल यस्तै हुनुपर्ने प्रतिक्रिया दिएका थिए । शेख हसिनाको शासनकालमा राजधानी ढाकामा पाकिस्तानी उच्च आयोगमा निकै कम हलचल हुने गरेको थियो ।

उच्च आयोगलाई सन् २०१८ को संसदीय चुनावमा विपक्षी बंगलादेश नेसनलिस्ट पार्टीको उम्मेदवारको समर्थन गरेको आरोप लगाइएको थियो । तर, अब ढाकामा पाकिस्तानी उच्चायुक्तले बंगलादेशीहरूले अब बिनाभिसा पाकिस्तानको यात्रा गर्न सक्ने घोषणा गरेका छन् । र, ढाका–इस्लामाबादबीच सीधा उडान फेरि सुरु हुने बताइएको छ ।

नाहिद स्लामको बैठकका क्रममा पाकिस्तानका प्रतिनिधिले पनि बंगलादेश मुक्ति संग्रामका समस्या समाधान सुल्झाउन पाकिस्तान इच्छुक रहेको ब्रिफिङ गरेका थिए । उच्चायुक्त मारूफले सन् १९७१ को समस्या समाधान गर्न इच्छुक रहे पनि पछिल्लो सरकारले आफूहरूलाई छलफलका लागि कुनै अवसर दिएको गुनासो गरेका थिए ।

जानाजान यस विषयलाई नपन्छाइएको भए बंगलादेशसँग सम्बन्ध बढाउने पाकिस्तानको इच्छा उहिल्यै पूरा हुने मारुफको भनाइ छ । पाकिस्तानले बाढीसँग जुधिरहेको बंगलादेशको सहायता रकम उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । नाहिद इस्लामले आफ्नो सरकार बंगलादेशको स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्दै दक्षिण एसियाली देशहरूसँगको सम्बन्ध स्थापित गर्ने बताएका छन् ।

Tags: #पाकिस्तान#बंगलादेशको समर्थन#बंगालदेश

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.