NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ? मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने

मङ्लबार भदौ १८ , २०८१
Reading Time: 1 min read
A A
बालेन निर्णयविरुद्ध सुनिता,एकलौटी निर्णय नमान्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१८ भदौ , काठमाण्डौ ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल देशभर नै चर्चित छन् । बालेन स्वतन्त्र उमेद्वारकारुपमा चुनावमा ऐतिहासिक जित निकालेर आएका हुन् भने सुनिता हाल संघीय सरकार संचालन गरिरहेको दल एमाले नेतृ हुन् । फरक पृष्ठभूमि र एकै दलका नभएपनि यी दुई नेताबीच जनतालाई दिने सेवासुविधा, महानगरको नीतिकार्यक्रम लगायतमा खासै मतैक्यता देखिदैन ।

अन्य पालिकाहरुमा जस्तो मेयर र उपमेयरबीचको खटपट, व्यक्तिगत आरोपप्रत्यारोप पनि खासै देखिदैन । तर केही विषयहरुमा भने उपमेयर सुनिता डंगोलले बालेनसंग असन्तुष्टि जनाउँदै आएकी छिन् । महानगरका सभा, बैठकमा सुनिताले बालेनका कतिपय कार्यशैली र सामाजिक संजालका अभिब्यक्तिमाथि आलोचना गर्दै आएकी छिन् । आज पनि डंगोल मेयर बालेन्द्र शाहसँग रुष्ट देखिएकी छन् ।

उपमेयर डंगोलले बालेनको कार्यशैलीमाथि कार्यपालिका बैठकमै प्रश्न उठाएकी हुन् । काठमाडौंका नदी किनारका दुवैतर्फ थप २० मिटरको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले फैसला गरेपछि महानगरले सूचना जारी गरेको थियो । त्यसमा डंगोलले प्रश्न उठाएकी हुन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा वडाध्यक्षले पनि सूचना निकाल्न हतार गरेको भन्दै बालेनमाथि प्रश्न उठाएका छन् ।

अदालतको फैसला कार्यान्वयन गर्नु सबैको दायित्व भए पनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुने डंगोलको भनाइ छ । उनले यस्तो गम्भीर विषय बोर्डमा नल्याइएको भन्दै असन्तुष्टि जनाइन् । यस्तो विषयमा मेयरस्तरीय निर्णय गरेको भन्दै डंगोलले असन्तुष्टि पोखेकी हुन् । ‘अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला,’ डंगोलले भनिन् ।

सर्वोच्चले हालै मात्र नदी किनारको दुवैतर्फ थप २०÷२० मिटरको मापदण्ड तोक्ने फैसला गरेको थियो । लगत्तै काठमाडौं महानगरले सूचना निकालेर भवन निर्माण रोकेको छ । तर महानगरले जारी गरेको सूचनामा प्रमुखस्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भन्ने लेखिएको भन्दै उपमेयरले भनिन्, ‘यो सबै जनाको निर्णय हो कि होइन ?’ जनता वडा र महानगरमा आउन थालिसकेको उनले बताइन् ।

स–साना विषयलाई बोर्डमा ल्याउने गरिएको भए पनि यति संवेदनशील विषयमा बोर्ड बैठक नराखेको भन्दै उनले भनिन्, ‘मेयरस्तरीय निर्णय भनेर सूचना जाने, हामी जनप्रतिनिधिले सूचनाबाट सुसूचित हुने राम्रो पद्धति राम्रो होइन ।’ जनभावना विपरीत महानगर गएको भनेर बुझ्न थालेको, तर आफूहरुसँग छलफल नै नगरेकाले सूचनाको ओनरसिप लिन नसकिएको उपमेयर डंगोलले बताइन् ।

उपमेयरको प्रश्न सुनेपछि मेयर बालेनले केही जवाफ दिएनन्, ‘बैठक सकियो धन्यवाद’ भन्दै हिंडेका छन् । २९ साउनमा महानगरपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छाड्नुपर्ने भनी तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने भनेको थियो । उक्त सूचनामा २४ साउनमा महानगर प्रमुख स्तरीय निर्णय भएको उल्लेख थियो ।

यसअघि पनि काठमाडौं महानगरपालिकाको १५औं नगर सभाको बैठकमा मेयर बालेन्द्र शाहका अभिव्यक्तिको उपमेयर सुनिता डंगोलले आलोचना गरेकी छिन् । उनले मेयर शाहतर्फ इंगित गर्दै सिंहदरबार जलाउँछु भन्ने जस्ता अभिव्यक्ति गलत भएको बताएकी थिइन् । उनले मेयर, उपमेयर, कार्यपालिका सदस्य तथा नगर सभा सदस्य बीच ध्रुवीकरण देखिनु उचित नभएको पनि बताइन् ।

जनप्रतिनिधि बीच मतभेद हुने हो भने स्थानीय सरकार घरघरको सरकार, व्यक्ति–व्यक्तिको सरकार बन्न नसक्ने उनको तर्क थियो । डंगोलले सबै जनप्रतिनिधिले एक अर्काको अस्तित्वलाई स्वीकार गर्दै अगाडि बढ्नुपर्ने पनि बताएकी थिइन् । ’आज म गर्न सक्छु, पदमा छु भनेर एकअर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्व बाहेक अरु कुरा निम्त्याउँदैन ।

त्यस कारण पनि एकअर्काको भावनालाई समेटर जाने संस्कार हामीले विकास गर्नुपर्छ,’ उनले भनिन्, ’फरक मत हुन्छ । हरेक व्यक्ति फरक भएपछि मत पनि फरक हुन्छ । फरक मत राख्नु नपाउने भन्ने पनि पक्कै होइन । फरक मत राख्नेबित्तिकै विरोध गरे भनेर यो वा त्यो भनेर थुप्रै उपमा दिनु पनि आवश्यक छैन ।’ वादविवादका बीच नै संवाद खोज्नुपर्ने बताउँदै उनले फरक मतको पनि सम्मान गर्ने बानीको विकास गरिनुपर्नेमा जोड दिएकी थिइन् ।

उनले मेयर शाहलाई विशेष अनुरोध गर्दै आफूहरूले बोल्ने हरेक कुराले विश्वभरका युवाहरूलाई नै प्रभाव पारिरहेको पनि बताइन् । ’तपाईं म जस्ताले राजनीतिमा आएपछि व्यक्तिभन्दा पनि माथि उठेर सोच्न जरुरी पर्छ । त्यो गरिरहँदा हामीले संस्थागत छविलाई कदापि बिगार्नु हुँदैन,’ उनले भनेकी थिइन्, ’पदमा बसिसकेपछि पदको मर्यादालाई राखेर अभिव्यक्ति राख्नुपर्छ ।

र, त्यो उदाहरण अरु कसैले होइन तपाईं हामीले नै बनाउँदै अगाडि बढ्नुपर्छ ।’ सो बेला उनले सिंहदरबार जलाउनु भन्नु ठीक होइन भन्दै बालेनलाई ख्याल गर्न सुझाव पनि दिएकी थिइन् । त्यतिबेला पनि सुनिताले राखेका धारणामा बालेनले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

Tags: #असन्तुष्टि#काठमाडौं महानगर#बालेन#सुनिता

लोकप्रीय

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२

थप समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता
ताजा समाचार

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी
ताजा समाचार

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित
ताजा समाचार

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

४ हजार बढी कैदीबन्दी सम्पर्कमा, टोपबहादुर वेपत्ता

मङ्लबार भदौ ३१ , २०८२
आफूमाथि सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
झण्डै ५ लाख नागरिक मताधिकारबाट बञ्चित

देशका प्रमुख दलहरू निर्वाचनमा जाने मुडमा,के फेरि सत्तामा फर्किन्छन् ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.