×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?

१८ भाद्र २०८१
१८ भदौ , विराटनगर ।
हमासलाई धुलोपिठ्ठो पार्ने कसम खाएका, हिज्जबुल्लाह, इरान समेतलाई कडा चेतावनीका साथ जस्तोसुकै युद्धका लागि तयार रहेको भन्दै चट्टानी अडान लिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले भने आफ्नै जनतासंग माफी माग्नु परेको छ । बन्धक रिहाइका लागि हमाससंग छिटो सम्झौता गर्न भन्दै देशैभर आफूविरुद्ध प्रदर्शन र आन्दोलन चर्केका बेला उनले जनतासंग माफी मागेका हुन् ।
नेतन्याहूले शनिबार गाजामा मृत फेला परेका ६ जना इजरायली बन्धकलाई जीवितै फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका हुन् । आईडीएफका अनुसार इजरेली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो । नेतन्याहूले माफी मागिरहँदा उता हमासले भने युद्धविराम सम्झौता नभए अन्य बन्धकहरू पनि ‘कफनमा घर फर्किने’ चेतावनी दिएको छ ।
यससंगै इजरेली प्रधानमन्त्री युद्धविरामका लागि एकातिर जनताको दबावमा परेका छन्, अर्कातिर हमासको घुर्कीको पनि उनले सामना गर्नु परेको छ । नेतान्याहुले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्दै सोमबार बन्धकका परिवारले विरोध प्रदर्शन गरेका थिए । द टाइम्स अफ इजरेलका अनुसार प्रहरीले प्रधानमन्त्री नेतन्याहूको जेरुसलेमस्थित निवासबाहिर आयोजित एउटा कार्यक्रममा प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न ठूलो बल प्रयोग गरेको थियो ।
त्यस क्रममा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई लछारपछार पनि गरेको जनाइएको छ । यसअघि आइतवारको विरोधप्रदर्शनमा लाखौँ मानिसहरू सडकमा निस्किएका थिए । तेल अभिभस्थित एउटा प्रमुख राजमार्ग अवरोध गर्दै उनीहरूले बन्धकहरूलाई छुटाउन माग गरेका थिए । अर्कातर्फ बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब बढ्दै गएको छ ।
त्यसरी रोकिएका सामग्रीमा लडाकु विमान, हेलिकप्टर र ड्रोनका पार्टपुर्जा पनि छन् । इजरेलका रक्षामन्त्री योआभ गालान्टले ’एक्स’मा टिप्पणी गर्दै उक्त कदमप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने विदेशमन्त्री इजरेल काट्सले त्यसबाट हमास र इरानलाई मात्रै फाइदा पु¥याउने बताएका छन् । यद्यपि ब्रिटिश विदेशमन्त्रीले इजरेलको आत्मरक्षाको अधिकारलाई यूकेले समर्थन गर्दै आएको जनाउँदै अहिलेको निलम्बन हतियार आपूर्तिमा “पूर्ण प्रतिबन्ध नभएको“ बताएका छन् । इजरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरेको दाबी काट्सको छ।
यता नेतन्याहुसँग अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि असन्तुष्टि जनाएका छन् । अमेरिका इजरायलको मुख्य सहयोगीका रूपमा रहँदै आएको छ । यस्तो अवस्थामा बाइडेनको अभिव्यक्तिले निकै महत्त्व राख्दछ । बन्धकहरूको रिहाइका लागि नेतन्याहु सरकारले हमाससँग सम्झौता र युद्धविरामका लागि पर्याप्त प्रयास नगरेको बाइडेनले बताएका छन् । बाइडेनको यो प्रतिक्रिया अमेरिकाको तर्फबाट इजरायली प्रधानमन्त्रीलाई एक नयाँ र ’अन्तिम’ प्रस्ताव पठाइन सक्ने रिपोर्टहरू सार्वजनिक भइरहँदा आएको हो ।
राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यो प्रस्तावको सम्बन्धमा वार्ताकारहरूसँग छलफल गरेका छन् । तर इजरायली प्रधानमन्त्री अझै पनि आफ्नो अडानमा अडिग छन् र गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा जोड दिएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।
यसबीच इजरायलका सडकहरूमा सरकारविरोधी प्रदर्शनहरू चर्किएका छन् । प्रदर्शनकारीहरूले पनि नेतन्याहुले बन्धकहरूको रिहाइका लागि खास प्रयास नगरेको आरोप लगाएका छन् । त्यहाँ भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुलाई दोष दिँदै युद्धको अन्त्य गरी हमाससँगको सम्झौतामा बन्धकहरूलाई जीवित फिर्ता गर्न सकिने बताएका छन् । पछिल्लो प्रदर्शन युद्ध शुरू भएपछिको सबैभन्दा ठूलो प्रदर्शन हो । प्रधानमन्त्री नेतान्याहु हमाससँग युद्धविरामभन्दा भन्दा पनि आफ्नो पद जोगाउन लागिपरेको प्रदर्शनकारीहरूको आरोप छ । हडतालमा राजनीतिक विभाजन पनि देखिएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए । तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेशी नागरिक पनि थिए । हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो । उक्त अनपेक्षित आक्रमणपछि इजरेलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४० हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ । हमासले अक्टोबर ७ मा बन्धक बनाएका ९७ जनाको अवस्था अझै पनि अज्ञात छ ।  यसैबीच यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् । सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू लगून प्रथममाथि सो आक्रमण भएको हो ।
हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ । आक्रमणको समयमा दुबै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ । आक्रमणमा परेको भएता पनि ट्याङ्करहरूमा ठूलो क्षति वा हताहत नभएको र गन्तव्यतर्फ अगाडि बढेको बताइएको छ । ब्लू लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भएपनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन ।
आक्रमणको समयमा दुबै ट्याङ्करमा कच्चा तेल थिए । साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो । पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ ।  यी ट्याङ्करमाथि यमनको उत्तरपश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो । लाल सागरमा हुथी आक्रमण बढेको छ । नोभेम्बर यता ७० भन्दा धेरै पटक आक्रमण भएका छन् ।
यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top