NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?

मङ्लबार भदौ १८ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
नेतन्याहूले जनतासँग घुँडा टेके,बाइडेन रिसाए, युद्ध अब के होला ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ भदौ , विराटनगर ।
हमासलाई धुलोपिठ्ठो पार्ने कसम खाएका, हिज्जबुल्लाह, इरान समेतलाई कडा चेतावनीका साथ जस्तोसुकै युद्धका लागि तयार रहेको भन्दै चट्टानी अडान लिएका इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिले भने आफ्नै जनतासंग माफी माग्नु परेको छ । बन्धक रिहाइका लागि हमाससंग छिटो सम्झौता गर्न भन्दै देशैभर आफूविरुद्ध प्रदर्शन र आन्दोलन चर्केका बेला उनले जनतासंग माफी मागेका हुन् ।
नेतन्याहूले शनिबार गाजामा मृत फेला परेका ६ जना इजरायली बन्धकलाई जीवितै फिर्ता गर्न असफल भएकामा आफ्ना नागरिकसँग माफी मागेका हुन् । आईडीएफका अनुसार इजरेली सैनिकहरू घटनास्थलमा पुग्नु केही समयअघि मात्रै ती बन्धकको हत्या भएको थियो । नेतन्याहूले माफी मागिरहँदा उता हमासले भने युद्धविराम सम्झौता नभए अन्य बन्धकहरू पनि ‘कफनमा घर फर्किने’ चेतावनी दिएको छ ।
यससंगै इजरेली प्रधानमन्त्री युद्धविरामका लागि एकातिर जनताको दबावमा परेका छन्, अर्कातिर हमासको घुर्कीको पनि उनले सामना गर्नु परेको छ । नेतान्याहुले आफ्ना प्रियजनलाई ११ महिनापछि पनि घर फर्काउन नसकेकामा आक्रोश व्यक्त गर्दै सोमबार बन्धकका परिवारले विरोध प्रदर्शन गरेका थिए । द टाइम्स अफ इजरेलका अनुसार प्रहरीले प्रधानमन्त्री नेतन्याहूको जेरुसलेमस्थित निवासबाहिर आयोजित एउटा कार्यक्रममा प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न ठूलो बल प्रयोग गरेको थियो ।
त्यस क्रममा सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई लछारपछार पनि गरेको जनाइएको छ । यसअघि आइतवारको विरोधप्रदर्शनमा लाखौँ मानिसहरू सडकमा निस्किएका थिए । तेल अभिभस्थित एउटा प्रमुख राजमार्ग अवरोध गर्दै उनीहरूले बन्धकहरूलाई छुटाउन माग गरेका थिए । अर्कातर्फ बेलायतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्न प्रयोग हुन सक्ने भन्दै इजरायललाई थप हतियार दिन प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय स्तरमा पनि दबाब बढ्दै गएको छ ।
त्यसरी रोकिएका सामग्रीमा लडाकु विमान, हेलिकप्टर र ड्रोनका पार्टपुर्जा पनि छन् । इजरेलका रक्षामन्त्री योआभ गालान्टले ’एक्स’मा टिप्पणी गर्दै उक्त कदमप्रति गहिरो दुःख व्यक्त गरेका छन् भने विदेशमन्त्री इजरेल काट्सले त्यसबाट हमास र इरानलाई मात्रै फाइदा पु¥याउने बताएका छन् । यद्यपि ब्रिटिश विदेशमन्त्रीले इजरेलको आत्मरक्षाको अधिकारलाई यूकेले समर्थन गर्दै आएको जनाउँदै अहिलेको निलम्बन हतियार आपूर्तिमा “पूर्ण प्रतिबन्ध नभएको“ बताएका छन् । इजरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार काम गरेको दाबी काट्सको छ।
यता नेतन्याहुसँग अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि असन्तुष्टि जनाएका छन् । अमेरिका इजरायलको मुख्य सहयोगीका रूपमा रहँदै आएको छ । यस्तो अवस्थामा बाइडेनको अभिव्यक्तिले निकै महत्त्व राख्दछ । बन्धकहरूको रिहाइका लागि नेतन्याहु सरकारले हमाससँग सम्झौता र युद्धविरामका लागि पर्याप्त प्रयास नगरेको बाइडेनले बताएका छन् । बाइडेनको यो प्रतिक्रिया अमेरिकाको तर्फबाट इजरायली प्रधानमन्त्रीलाई एक नयाँ र ’अन्तिम’ प्रस्ताव पठाइन सक्ने रिपोर्टहरू सार्वजनिक भइरहँदा आएको हो ।
राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यो प्रस्तावको सम्बन्धमा वार्ताकारहरूसँग छलफल गरेका छन् । तर इजरायली प्रधानमन्त्री अझै पनि आफ्नो अडानमा अडिग छन् र गाजाको फिलाडेल्फिया कोरिडोरलाई इजरायली सेनाले नियन्त्रणमा लिन आवश्यक रहेकामा जोड दिएका छन् । हमाससँगको वार्तामा यो करिडोर प्रमुख मुद्दा बनेको छ ।
यसबीच इजरायलका सडकहरूमा सरकारविरोधी प्रदर्शनहरू चर्किएका छन् । प्रदर्शनकारीहरूले पनि नेतन्याहुले बन्धकहरूको रिहाइका लागि खास प्रयास नगरेको आरोप लगाएका छन् । त्यहाँ भएको आमहडतालका कारण व्यापार व्यवसाय, विद्यालय, बैंक तथा यातायात सेवा प्रभावित भएको छ । मुख्य अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरि बन्द र अवरोधहरू भएका छन् ।
प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुलाई दोष दिँदै युद्धको अन्त्य गरी हमाससँगको सम्झौतामा बन्धकहरूलाई जीवित फिर्ता गर्न सकिने बताएका छन् । पछिल्लो प्रदर्शन युद्ध शुरू भएपछिको सबैभन्दा ठूलो प्रदर्शन हो । प्रधानमन्त्री नेतान्याहु हमाससँग युद्धविरामभन्दा भन्दा पनि आफ्नो पद जोगाउन लागिपरेको प्रदर्शनकारीहरूको आरोप छ । हडतालमा राजनीतिक विभाजन पनि देखिएको इजरायली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
गत वर्ष अक्टोबर ७ मा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएर लगेका थिए । तीमध्ये एक नेपालका विपिन जोशीसहित केही विदेशी नागरिक पनि थिए । हमासले गरेका आक्रमणमा परेर केही नेपाली नागरिकसहित १,२०० जनाको मृत्यु भएको थियो । उक्त अनपेक्षित आक्रमणपछि इजरेलले गाजामा थालेको सैन्य कारबाहीमा परेर ४० हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको तथ्याङ्क हमासले गाजामा सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दिएको छ ।
मृतकमध्ये महिला र बालबालिकाको सङ्ख्या उल्लेख्य भएको बताइएको छ । हमासले अक्टोबर ७ मा बन्धक बनाएका ९७ जनाको अवस्था अझै पनि अज्ञात छ ।  यसैबीच यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् । सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू लगून प्रथममाथि सो आक्रमण भएको हो ।
हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ । आक्रमणको समयमा दुबै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ । आक्रमणमा परेको भएता पनि ट्याङ्करहरूमा ठूलो क्षति वा हताहत नभएको र गन्तव्यतर्फ अगाडि बढेको बताइएको छ । ब्लू लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भएपनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन ।
आक्रमणको समयमा दुबै ट्याङ्करमा कच्चा तेल थिए । साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो । पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ ।  यी ट्याङ्करमाथि यमनको उत्तरपश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो । लाल सागरमा हुथी आक्रमण बढेको छ । नोभेम्बर यता ७० भन्दा धेरै पटक आक्रमण भएका छन् ।
यसबारे आफ्ना टिप्पणी अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।
Advertisement
Tags: #नेपाल टाइम्स् ट्रेडिंग#बन्धक ’कफिनभित्र’#हमासको नयाँ चेतावनी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

स्थानीय तहमा विवाद निरुपण : चुनौती र आगामी बाटो

आइतवार भदौ १६ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.