बालेनसँग बम्किए देउवा, भने : बालेनका गतिविधि अराजनीतिक र असहिष्णु

१८ भदौ ८१, बुधबार

१९ भदौ, विराटनगर ।

Advertisement

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति बम्किएका छन् । मंगलबार बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका नेकपा एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै उनले बालेनप्रति आक्रोशित बनेका हुन् ।

एमाले नेताहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मेयर बालेनका गतिविधि अराजनीतिक र असहिष्णु भएको टिप्पणी गरे । बालेनका अभिव्यक्ति र गतिविधिप्रति देउवा आक्रोशित बनेको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए ।

Advertisement

देउवासँगको भेटमा महानगरका मेयरको बारेमा कुरा नभए पनि खुलामञ्चमा देउडा पर्वको अवसरमा भएको अराजक गतिविधिको प्रसंग निस्किएको निरौलाको भनाइ छ ।

‘उहाँका गतिविधि अराजनीतिक छन्, असहिष्णु छन् । तर, उहाँका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै निरौलाले भने ।

Advertisement

उनले बालेनको नाम लिएर भएको त्यस्ता गतिविधि छाडा र अराजक भएको भन्दै देउवाले आक्रोश व्यक्त गरेको बताए ।

निरौलाले भने, ‘खुलामञ्चको घटनाप्रति उहाँ अलि आक्रोशित हुनुहुन्छ । त्यो घटना नियोजितरुपमा गराइएको थियो । यसै प्रसंगमा काठमाडौं महानगरका मेयरस्तरीय निर्णयबाट नदी किनाराका बस्ती हटाउने गरी जारी भएको सूचनाको पनि कुरा भएको हो,उहाँले अराजनीतिक मान्छेहरूले भीड उक्साउँछन्,तर हामी जिम्मेवार दल भएकाले जिम्मेवार ढंगले गलत कुरा रोक्न लाग्नुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top