×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

बबीले अझै गरेनन् गल्ती महसुस ? समाजकै लागि खतरा

१९ भाद्र २०८१

१९ भदौ , एजेन्सी ।

अमेरिकाको टेक्सासस्थित ह्युस्टन सहरमा गोली प्रहारबाट ज्यान गुमाएकी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका भारतीय मुलका नागरिक बबीसिंह शाहलाई अदालतमा उपस्थित गराइएको छ । ‘बबी शाह’ नामले परिचित ५१ वर्षीय उनलाई मंगलबार पहिलोपटक अदलातमा उपस्थित गराइएको थियो । जेलमा लगाउने पहेँलो कपडामा कानुनी कठघरामा उभिएका उनीमाथि २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोप छ ।

गत अगस्ट २४ (भदौ ८) मा अपार्टमेन्टभित्रै प्रवेश गरी छातीमा दुई र गर्धनमा एउटा गरी तीनवटा गोली प्रहार गरी मुनाको हत्या गरेको आरोपमा अमेरिकी प्रहरीले शाहलाई पक्राउ गरेको थियो । मुनाको शव फेला पारेको दुई दिनपछि सिसिटिभी फुटेजका आधारमा पक्राउ परेका शाहलाई मंगलबार ह्युस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा उपस्थित गराइएको थियो ।

उनलाई उपस्थित गराइएको ‘कोर्टरुम’ मा मृतक पाण्डेका पारिवारिक सदस्य र साथीहरू पनि उपस्थित थिए । अमेरिकी कलेज पढ्ने नेपालका केही विद्यार्थी र ह्युस्टन नपाली संघकी उपाध्यक्ष ड्रोना गौतमसहित केही प्रतिनिधिको पनि कोर्टरुममा उपस्थिति थियो । जहाँ, अभियुक्त शाहलाई कडा सजाय दिन मुनाका पारिवारिक सदस्यहरू रुँदै गरेको सुन्न सकिन्थ्यो भने गौतम मुनाका लागि न्याय माग्दै प्रार्थना गरिरहेकी थिइन् ।

‘ऊ (शाह) अझै पनि दुःखी छैन, मलाई थाहा छैन किन हो ?,’ शाहप्रति लक्षित हुँदै गौतमले भनिन्, ‘यो वास्तवमै परिवारका लागि दुःखको एउटा पक्ष हो । म सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मुना हत्या प्रकरणमा र मुनाकी आमालाई सहयोग ग¥यो ।’ गौतमका अनुसार मृतक मुनाकी आमा अनिता पाण्डेलाई नेपालबाट ह्युस्टन सहर पुग्न भिसा मिलेको छ । मंगलबार मात्र भिसा पाएकी मुनाकी आमा यसै साता ह्युस्टन पुग्ने छिन् ।

उनी पुगेपछि मुनाको अनत्येष्टि गरिने बताइएको छ । अहिले उनको शव फ्युनरल हाउमा छ । मंगलबार नै शाहका अभियोजक र प्रतिरक्षाका वकिलले केसका बारेमा बोलेका थिए । मुख्य अभियोजक रेबिका मार्सलले शाह समाजका लागि नै खतरा भएका कारण जमानतमा छोड्न नहुने बताइन् । शाहका वकिल एटोर्नी विल्भिन जे कार्टरले भने शाह धार्मिक व्यक्ति भएको उल्लेख गर्दै उनी शतप्रतिशत निर्दोष रहेको दाबी गरे ।

शाह शिक्षित व्यक्ति भएको उल्लेख गर्दै जे कार्टरले उनी बाल्यवस्थादेखि नै अमेरिका बस्दै आएको र प्रतिष्ठित कम्पनीमा भाइस प्रेसिडेन्ट भएर काम गरिरहेको बताए । पक्ष–विपक्षको कुरा सुनेर शाहलाई तीन महिना थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । साथै, ‘क्यापिटल मर्डर’ अभियोगमा शाहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको थियो ।

सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरे । शाह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सिसिटिभी फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । त्यसबाहेक शाह हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा पक्राउ परेका थिए ।

उनको कारबाट हतियारसमेत बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेस भएको थियो । सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top