गृहमन्त्री भन्छन् : निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा अहिले पनि अनुसन्धान भइरहेको छ

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

गृहमन्त्री रमेश लेखकले ६ वर्षअघि भएको निर्मला पन्त हत्या र बलात्कार घटनामा अहिले पनि अनुसन्धान भइरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले बिहीबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त २०७५ साउन ११ मा घरनजिकैको उखुबारीमा मृतावस्थामा फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी निर्मलाको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ ।

तर, अहिलेसम्म प्रहरीले अपराधीलाई समाउन सकेको छैन । ६ वर्षपछि गृहमन्त्री लेखकले कञ्चनपुर पुगेर निर्मला पन्त बलात्कार र हत्या प्रकरणलाई आफूले गम्भीर रूपमा लिएको बताएका हुन् ।

निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान जारी रहेको बताउँदै उनले भने, ‘निर्मला प्रकरणको अनुसन्धान जारी छ । थप गम्भीरता र थप सुक्ष्म ढंगले अनुसन्धान गर्ने कुरा अगाडि बढाइन्छ । म कसैलाई दोष दिने पक्षमा छैन । अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ ।’

निर्मलाको न्यायिक आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सरकारले सहयोग गर्ने उनले बताए । निर्मलाको न्यायिक आन्दोलनका क्रममा कांग्रेस नेता लेखक पनि सहभागी भएका थिए । अहिले उनै लेखक गृह मन्त्रालयको जिम्मेवारीमा छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top