×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

ओली–प्रचण्डबीच किक हानाहान !

२० भाद्र २०८१

२० भदौ , काठमाण्डौ।

बलिउडमा सुपरस्टार सलमान खान अभिनित चलचित्र किक ब्लकबस्टर भयो । तेरे जैसा किक मुझे मिल्ती नही भन्ने गीत पनि निकै चर्चित छ । यहाँ किकलाई ब्यक्तिको आत्मसन्तुष्टिसँग जोडिएको छ । हिन्दी सिनेमामा चर्चित शब्द किक अहिले नेपाली राजनीतिमा एकअर्काप्रतिको शक्ति वाण बनेको छ। विगतमा एकै जहाजका दुई पाइलट तथा स्वर्ग र नर्क जहाँ गएपनि सँगसँगै जान तयार भएका दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरु प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच किक वाण चलेको छ

बुधबार एमालेको पोलिटब्यूरो बैठक समापनमा ओलीले प्रचण्डप्रति आक्रोश पोखे । प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताए । उनी यतिमै रोकिएनन् । आफूले प्रचण्डलाई एक राउण्ड किक हानेको सम्म भन्न भ्याए । ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक दिएको हो’। ‘अहिले असन्तुलित भएर बोल्दैछन् ।’

प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने ओलीले बताएका थिए । प्रचण्डले समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको ओलीले आरोप लगाए । ‘समाजवादी मोर्चाको प्रस्ताव प्रचण्डले गरेका थिए, तर मैले मानिनँ । किनकि त्यसको उद्देश्य सही थिएन’ ओलीको भनाइ थियो, ‘तपाईंहरु कतिपय अझै पनि वाम एकता भन्नुहुन्छ, सुन्दा प्रिय पनि लाग्छ । तर त्यो मोर्चा धोकाको मोर्चा हो ।’

ओलीले आफूलाई किक हानेको सुनेपछि यता प्रचण्डले पनि जवाफमा ओलीलाई किक प्रहार गर्ने दाबी गरे । त्यो पनि जनताबाट आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले अब ओलीलाई जनताले नै गतिलो किक हान्ने बताए । प्रधानमन्त्रीमै बसेका नेताले ’आफूले गरेको ठगी, बेइमानी र जालजेझलाई प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको आफूले सुनेको भन्दै उनले भने, ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन् ।’ उनले सत्तारुढ दलका नेताहरूले संविधानविपरीतका अभिव्यक्तिहरू दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न पनि कार्यकर्तालाई आह्वान गरेका छन् ।

यस्तै उनले शहीदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको बताए । यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने उनको भनाइ छ । ’जनयुद्ध’लाई ‘हिंसा’को रूपमा व्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर लेखिएको छ, त्यसमा सबै दलहरूले हस्ताक्षर गरेका छन् ।

तर, अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्साहास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरूको भण्डाफोर गर्नुपर्छ । संविधानमा भएको यथार्थलाई जोडदार रूपमा जनतामा लैजानुपर्छ ।’ पटकपटक शहीद घोषणा गरे पनि राजपत्रमा प्रकाशित नभएका कारण ’जनयुद्ध’का ’शहीद’ले राष्ट्रिय शहीदको मान्यता पाउन नसकलकोले पछिल्लोपटक आफू प्रधानमन्त्री भएको बेलामा पुराना निर्णयहरू खोजेर शहीदको नामावली राजपत्रमा प्रकाशित गरिएको उनले बताए ।

अब ’जनयुद्ध’का शहीदले राष्ट्रिय शहीदको मान्यता प्राप्त गरेको उनले बताए । ‘यो हामी सबैका लागि खुसी र गर्वको विषय हो । छुटेकालाई पनि केन्द्रित गर्ने प्रक्रिया त्यसमा बाँकी राखिएको छ,’ उनले भने । ’जनयुद्ध’ थालनी भएको दिन फागुन १ लाई ’जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाउने मन्त्रिपरिषदबाट निर्णय गरिएको भए पनि शान्ति प्रक्रिया अझै नटुंगिएको भनेर अदालतबाट रोकिएको उनले बताए ।

अब टीआरसी विधेयक पारित भएपछि ’जनयुद्ध’लाई राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न रोक्न नहुने र त्यसका लागि अदालतले पुनर्विचार गर्ने आफूले विश्वास लिएको उनको भनाइ छ । प्रचण्डले अहिलेको अवस्था माओवादीका लागि जनतामा जाने उपयुक्त अवसर भएको बताउँदै आएका छन् । उनी सरकारबाट बाहिरिएसँगै विभिन्न जिल्ला पुगिसकेका छन् ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले समेत भ्रष्टाचार नियन्त्रण, लोकतन्त्र र जनजीविकाको सवालमा आफ्नो पार्टी नेतृत्वको सरकारले चालेका कदम उल्ट्याउने काममा सरकार लागि परेको जिकिर गर्दै त्यसका विरुद्ध सदन र संघर्ष दुवै संघर्षलाई चर्काउने तयारीमा आफूहरु रहेको बताएका छन् । माओवादीले सडकबाट दबाब दिने बुझेर नै सरकार संचालन गरिरहेका प्रधानमन्त्रीले समेत गणतन्त्र रक्षाका लागि एमाले समेत सडक संघर्षमा जानुपर्ने बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top