अस्ट्रेलियालाई उसैको मैदानमा बहराइनले हरायो, आत्मघाती गोलले गर्दा घरेलु टिम स्तब्ध

१९ भदौ ८१, बिहीबार

२० भदौ, विराटनगर ।

आगामी २०२६ मा हुने फिफा विश्वकप छनोटअन्तर्गत बहराइनले अस्ट्रेलियालाई उसैको मैदानमा हराएको छ । बिहीबार भएको एसियन छनोटअन्तर्गत तेस्रो चरणको खेलमा बहराइनले अस्ट्रेलियाले १-० गोलले हराएको हो ।

अस्ट्रेलियाको रोबिना स्टेडियममा भएको खेलमा बहराइनले आत्मघाती गोलका कारण जित पक्का गरेको हो । खेलको ८९औं मिनेटमा अस्ट्रेलियाका ह्यारी सौटरले आफ्नै पोस्टमा गोल गरेका कारण बहराइन विजयी भएको हो ।

यससँगै समूह ‘सी’ को बहराइनले तीन अंक जोडेको छ भने अस्ट्रेलिया अंकविहीन छ ।

सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहने छ, जसमा एसियाका आठ टिम सीधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एसिया छनोटका खेल १२ अक्टोबर २०२३ बाट सुरु भएको थियो । जम्मा ४८ टिमले छनोट खेल खेल्दा नेपालसहित २८ वटा टोली बाहिरिइसकेका छन् । एसियाबाट १८ नोभेम्बर २०२५ सम्ममा एसियाबाट विश्वकप खेल्ने सबै राष्ट्रको छिनोफानो लाग्ने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top