आत्मघाती गोलमा कोशीको लगातार दोस्रो जित

आत्मघाती गोलमा कोशीको लगातार दोस्रो जित

२० भदौ, विराटनगर । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो निकालेको छ । बिहीबार आफ्नो दोस्रो खेल खेलको कोशीले बागमती युथ क्लबलाई २-१ गोलले हराएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलमा जिन निकालेसँगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलेको बागमतीको भने तीन अंक छ ।

कोशीको जितमा समीक्षा मगरले एक गोल गरिन् भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बागमतीकी दिव्या यसमाली मगरले आफ्नै पोस्टमा गोल गरिन् ।

यस्तै, बागमतीका लागि भने विष्णुमाया बलले एक गोल गरिन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.