२० भदौ, विराटनगर ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो निकालेको छ । बिहीबार आफ्नो दोस्रो खेल खेलको कोशीले बागमती युथ क्लबलाई २-१ गोलले हराएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलमा जिन निकालेसँगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलेको बागमतीको भने तीन अंक छ ।
कोशीको जितमा समीक्षा मगरले एक गोल गरिन् भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । बागमतीकी दिव्या यसमाली मगरले आफ्नै पोस्टमा गोल गरिन् ।
यस्तै, बागमतीका लागि भने विष्णुमाया बलले एक गोल गरिन् ।