×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

नेसन्स लिग : रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले जित्यो पहिलो खेल

२१ भाद्र २०८१

२१ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिगअन्तर्गत पहिलो खेलमा पोर्चुगलले जित निकालेको छ । बिहीबार राति भएको नेसन्स लिगअन्तर्गत समूह चरणका खेलमा पोर्चुगलले क्रोएसियामाथि २-१ गोलको जित निकालेको हो ।

Advertisement
Advertisement

पोर्चुगलको राजधानी लिस्बनस्थित स्टेडियो डी बेन्फिकामा पोर्चुगललाई जिताउन कप्तान क्रिस्टियानो रोनाल्डो र डियोगो डालोटले एक-एक गोल गरे । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । ३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो । तर, ४१औं मिनेटमा पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो ।

जितसँगै पोर्चुगलले तीन अंक जोड्दा रोनाल्डोले नयाँ कीर्तिमान बनाए । रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गरे । यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ ।

Advertisement
Advertisement

फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top