×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

नरेशका लागि ग्रान्ड जुरी खारेज,अब के हुन्छ ?सेप्टेम्बर १६ मा सुनुवाई

२१ भाद्र २०८१

२१ भदौ , एजेन्सी ।

अमेरिकाको भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्टका लागि अब ग्रान्ड जुरी पनि नबस्ने भएको छ । उनीविरुद्ध शव लुकाएको अभियोगमा मुद्दा दायर गरेर अनुशन्धान गरिरहेको प्रहरीले अहिलेसम्म ममताको शवसहित अन्य ठोस प्रमाण फेला पार्न नसकेको अवस्थामा नरेश पक्षका वकिलहरुले छिटो प्रक्रियाबाट जमानत लिने वा केशबाट बाहिर निस्कने जस्तो बाटो खोजिरहेको देखिएको विहीबारको सुनुवाईमा प्रत्यक्ष रुपमा उपस्थित भएका नेपालीहरुले बताएका छन्।

Advertisement
Advertisement

उनलाई बिहिबार अदालतमा पुनः उपस्थित गराइएको थियो । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा भएको सुनुवाईका क्रममा उनलाई अदालतमा उपस्थित गराइएको हो । विहान १० बजेका लागि सुनुवाई तोकिएपनि नरेशले आफूलाई नेपाली अनुवादक चाहिने बताएपछि नेपाली अनुवादकको अभावमा सुनुवाई केहीबेर सारिएको थियो ।

न्यायाधिसले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका छन् । अर्थात् अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ । अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पनि नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन गत बिहिबार अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो ।

प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्रयाण्ड जुरी तय भएको थियो । तर ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रकृयामा जानेछ । सुनुवाइमा ममता पक्षका वकिलहरुले नरेशको प्रस्तावमा विरोध नगरेपछि अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि दायर मोशन स्वीकृत गरिएको थियो ।

नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको थियो । जसका कारण मुद्दा सीधै अर्को चरणमा अर्थात् ग्राण्ड जूरी सुनुवाइमा गएको थियो । प्रारम्भिक सुनुवाई र ग्रान्ड जुरी रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले मुद्दालाई छिटो अगाडि बढाउन चाहेका थिए ।

प्रारम्भिक सुनुवाइ र ग्रान्ड जुरीले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ । त्यसैले नरेशको डिफेन्स टिमले यही रणनीतिमा ग्रयाण्ड जूरी पनि रद्द गराएको छ । अब सेप्टेम्बर १६ सम्म ममता पक्षका अभियोजकहरुले ठोस प्रमाण वा ममताको शवसहितको प्रमाण फेला पारेर नरेशविरुद्ध हत्याको समेत अभियोग दर्ता गर्नुपर्ने छ।

त्यस दिनसम्म पनि नरेशका विरुद्ध प्रमाणहरु फेला नपरे नरेश जमानतमा छुट्न सक्ने अनुमान गरिएको छ । ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो । यद्यपि ठोस प्रमाणहरु भेटिएको विषयमा प्रहरीले केहीपनि जानकारी नदिएको अमेरिकामा रहेर यो घटनालाई नपजकबाट नियालिरहेका पत्रकार गुणराज लुईटेलले जानकारी दिएका छन् ।

उनका लागि बिहीबारको सुनुवाईका क्रममा ममताकी आमा र भाइ पनि अदालतमा उपस्थित भएका थिउ । जहाँ आफ्ना ज्वाईलाई उनीहरु छोरीकै शव लुकाएको अभियोगमा पहिलो पटक हत्कडीसहित देखेका थिए । यसअघिको सुनुवाईमा नरेशलाई अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए ।

प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी थिइन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।

यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए । अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ । उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ ।

भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् ।

अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए । काभ्रेको पनौती घर भई अमेरिकाको भर्जिनिया बस्दै आएकी २८ वर्षीया ममता काफ्ले हराएको एक महिना बितिसकेको छ । तर अहिलेसम्म शव फेला पार्न नसकेको अमेरिकी प्रहरीले नेपाली नर्स ममता बेपत्ता प्रकरणमा अनुसन्धान गरिरहेको छ । सँगसँगै विभिन्न स्थानमा उनको शव खोजतलास गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top