NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

ओली पत्नी राधिका र आरजुका साथ अमेरिका जाने

शुक्रबार भदौ २१ , २०८१
Reading Time: 1 min read
A A
स्वीकृत भयो प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, आरजु राणा पनि सँगसँगै जाने !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ भदौ , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । चौथो पटक प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका लागि भारत जाने योजना बनाएपनि भारतका तर्फबाट निमन्त्रणा नै नपाएपछि थाइल्याण्डबाट आफ्नो विदेश भ्रमण सुरु गर्ने योजना बनाएका प्रधानमन्त्रीले अन्ततः थाइल्याण्डपछि जाने भनिएको अमेरिकाबाट विदेश भ्रमण सुरु गर्ने भएका छन् ।

मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए ।

एक मन्त्रीका अनुसार भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक लगायत रहने छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ ।

त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्री अमेरिका जान लागेका हुन् । ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा पनि राष्ट्रसंघ महासभालाई सम्बोधन गरेका थिए ।

पछिल्लो पटक ३० असारमा प्रधानमन्त्री भएका ओली विदेश भ्रमणमा गएका छैनन् । भारत भ्रमणका लागि ओली वा नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्रीको अत्तोपत्तो नलाग्दा परराष्ट्र मन्त्री आरजु भने भारतको लामो भ्रमण गरेर फर्किसकेकी छन् । आरजुले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिइन् तर मोदीका तर्फबाट ओलीलाई भारत भ्रमणको निम्तो आएको छैन् ।

भारत भ्रमणबाट फर्किएपछि संसदीय समितिमा मोदीको नेपाल भ्रमणका लागि तयारी सुरु गरिसकिएको बताएकी छन् । ओलीको प्रधानमन्त्रीमा चौथो पटक आगमनसँगै छिमेकी मुलुक भारतले हेर्ने दृष्टिकोण के हो भन्ने अन्योल रहेको छ । परराष्ट्रमन्त्री देउवाको भारत भ्रमण र भारतीय विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणबाट पनि भारतीय दृष्टिकोण प्रष्ट खुल्न सकेको छैन ।

जसको कारण प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारत नहुने देखिएको छ । बिमस्टेक सम्मेलनअन्तर्गत थाइल्याण्ड जाने र त्यही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘साइडलाइन’ वार्ता गर्ने मनस्थितिमा रहेका ओली सो सम्मेलन रोकिएपछि अलमलमा थिए । जसले गर्दा प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत र चीन नभई अमेरिका हुने देखिएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो । यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच बैंककमा साइडलाइन वार्ता हुने तय थियो ।

मोदी पनि अहिले थाइल्याण्ड जाने तयारी छाडेर युरोप भ्रमणमा निस्केका छन् । अब अमेरिकामै मोदी र ओलीबिच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । यद्यपि यो अझै निश्चित छैन् । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको यो अमेरिका भ्रमण नभएर यूएनको महासभामा भाग लिन अमेरिका जान लागेको भनेर बुझ्नुपर्ने छ

Tags: #अमेरिका#ओली पत्नी#ओलीलाई मोदीलाई भेट्न सकस#विदेश भ्रमण

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२
४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

४ जेनजी मन्त्री बन्दै, कसलाई कुन मन्त्रालय ?

शनिबार अशोज २५ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.