रामकुमारी झाँक्रीको मुखमा कालो टेप स्टन्ट मात्रै ?

२० भदौ ८१, शुक्रबार

२१ भदौ , काठमाण्डौ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा मखमा कालोटेप टासेर काठमाडौंमा आयोजित विरोध सभामा ओली, तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारी र समग्र एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्री फेरि एमाले फर्किने तयारीमा जुटेकी छन् ।

झाक्री एमालेमै फर्किने आधारहरु भनेको चाँही केही नेताहरुकै भूमिकामा नेकपा एसको उपाध्यक्षमा आफूलाई हराएको विश्लेषण, पछिल्लो समय ओलीको समर्थनमा लेखेको एक स्टाटस अनि वालुवाटारमा ओलीसँग भएको भेटलाई लिन सकिन्छ । एमालेमा फर्किने तयारी स्वरुप नै उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटार पुगेर भेटवार्ता समेत गरीसकेको खुलेको छ ।

Advertisement

भदौ १९ गते सामाजिक सञ्जाल एक्समा नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रहेकी झाँक्रीले प्रधानमन्त्री ओलीको समर्थन गरिन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’

अहिले झाक्रीले भनेझै ओलीको फलोअर्स फेरि बढ्न थालेका छन् । विगत ३ वर्षयता एमाले अध्यक्ष ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक समर्थनमा उत्रिँदा एकीकृत समाजवादीकै नेताहरू छक्क परेका छन् । यस्तै केही साता अघि एकीकृत समाजवादीमा पदाधिकारी छान्न भएको चुनावमा उनी पराजित भइन्।

Advertisement

त्यसपछि नेतृत्वप्रति असन्तुष्ट उनी एमालेमै फर्किन खोजेको चर्चालाई पुष्टि गरेको छ। झाँक्री भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथ लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेकी थिइन । जुन भेटवार्तामा ओलीले समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई स्वागत गर्ने बताएको एमाले स्रोतले बताएको छ ।

तर केही सांसदसहित एमालेमा फर्किदा सांसद गुम्ने डर उनीहरुमा देखिएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय दल बन्न चुके पनि एकीकृत समाजवादीका सांसदलाई दलको ह्विप लाग्छ। नेकपा एसको उदय गराउन अध्यक्ष माधवकुमार नेपाललाई हात समाउदै निर्वाचन आयोग पुगेकी झाक्री मन्त्री बनेयता पार्टीमा आलोचनाको शिकार बनेकी छन् ।

आशा गरेपनि मन्त्रालय सम्हालेपछि ठोस काम गर्न नसकेको उनीमाथि आरोप लाग्यो । यस्तै मन्त्री भएपछि गृहजिल्लामा लिएको पिर्के सलामी अनि मन्त्रालय छाड्दै गर्दा उनले बगाएका आँशुका ढिक्काले समेत आलोचना नै बढाएको थियो । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नै तत्कालीन शहरी विकासमन्त्री रहेकी झाँक्रीलाई मन्त्री पदबाहिर जीवन, जगत पनि छ भन्ने हेक्का राख्न सुझाव दिएका थिए।

फेसबुकमा एक पोस्ट शेयर गर्दै पराजुलीले आफ्नै पार्टीको प्रतिनिधित्व गर्ने मन्त्री झाँक्रीले दोस्रोपल्ट मन्त्री हुने अवसर गुमाउँदै गएको बताएका थिए ।उनले मन्त्री झाँक्रीमा अहम् ज्यादै बढेको लेखेका थिए । ’म नै राज्य हुँ’ भन्ने भनाइ इतिहासमा फ्रान्सेली राजा लुई चौधौँको सुनिथ्यो तर आजभोलि ’म नै मन्त्री, मन्त्री नै म’ भन्ने भनाइ पनि सुनिन थालियो’, पराजुलीले भनेका थिए ।

रामकुमारी झाँक्री नाम नकिटे पनि उनले विगतमा मुखमा लगाएको टेप खोलीखोली, स्टन्ट मारीमारी गरेको भाषणलाई केवल ख्रोको आर्दशबाहेक के हुन सक्छ भन्दै प्रश्न गरेका थिए । एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेको विरोधमा झाँक्रीले मुखमा टेप लगाएर विरोध जनाएकी थिइन् । उनले पटक पटक केपी शर्मा ओलीलाई संसदको औचित्यमाथि प्रश्न उठाएर संसद विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्दत रहेको आरोप लगाएकी थिइन् ।

झाक्रीले पूर्वराष्ट्रपति भण्डारीविरुद्ध समेत एकल महिलाका रुपमा विधवाको सेतो सारीमा राजनीति लाभ लिएको भन्दै तल्लो स्तरको अभिब्यक्ति दिएकी थिइन् । जसको ब्यापक आलोचना भएको थियो । एमाले नेता र नेतृत्वमाथि यसरी प्रस्तुत भएकी झाक्री अहिले फेरि एमाले फर्किने बाटो खोजिरहेको नेताहरुले बताएका छन् ।

एमाले छाडेर नेकपा एसमा पुगेकी झाक्रीले पछिल्लो प्रतिनिधिसभा निर्वाचन र पछिल्लो पार्टीको निर्वाचनमा समेत मतदाताको मन जित्न सकिनन् । यस्तो अवस्थामा आफैले जग हालेको नेकपा एसलाई छाडेर उनी आफ्नो मुल घर फर्किन्छिन् वा यी अनुमान र एमाले फर्किने आधारहरु मात्रै राजनीतिक खपतका लागि बुनिएका हुन् भन्ने पुष्टि हुन्का लागि चाँही प्रतिक्षा नै गर्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top