NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल आइतवार भदौ २२ , २०८२
सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

बागमती–कर्णालीमा राति भारी वर्षा, अरु ठाउँमा कस्तो छ मौसम ?

शनिबार भदौ २२ , २०८१
Reading Time: 1 min read
A A
दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२२ भदौ , काठमाण्डौ ।

 मनसुनी वायुको प्रभाव कायम रहँदा आज देशभरको मौसम कस्तो छ, कहाँ कति वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

मनसुनी वायुको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।

LS Auto

यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि महाशाखाले गरेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र कर्णाली प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ । यसैबीच पश्चिम चितवनको भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन् ।

उनीहरुसँग नदीमा माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन् । शुक्रवार दिउँसो २ बजेदेखि बेपत्ता भएका युवाहरुको खोजी गरिए पनि हालसम्म भेटिएका छैनन् । शनिबार बिहान ६ बजेदेखि नै निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजी थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जले दुई वटा हात्ती लगाएर बेपत्ताहरुको खोजी निकुञ्ज क्षेत्रमा गरेको छ । स्थानीय बोटेहरुले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा लाइसेन्स प्राप्त व्यक्तिलेमात्रै माछा मार्न पाउँछन् । तर, उनीहरू लाइन्सेस प्राप्त व्यक्तिहरू नभएको पाइएको छ । उनीहरू अनाधिकृत रुपमा तीजको मौका छोपेर नदीमा पसेको प्रहरीले जनाएको छ ।

Tags: #मनसुनी वायुको प्रभाव#मौसम पूर्वानुमान

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल
खेलकुद

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै
ताजा समाचार

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

World News: ईयू प्रमुखको कुर्सी ख*त*रामा, पोर्चुगलमा ९४ वर्षयताकै धेरै गर्मी || Nepal Times

00:20:06

WORLD NEWS:INDIA–RUSSIAलाई गुमाएकोमा TRUMPको चिन्ता,गायिकामाथि भालुको आक्र*मण|| Nepal Times

00:15:16

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

भेनेजुएलाका जेट खसालिदिने ट्रम्पको चेतावनी

आइतवार भदौ २२ , २०८२
पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

आइतवार भदौ २२ , २०८२
आज दिउँसो  एमालेको कार्यालय समितिको बैठक बस्दै

सर्वोच्चले कानून बनाएर नियमन गर भन्यो सरकारले सिधै प्रतिवन्ध ठोक्यो

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.