×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

रोनाल्डोभन्दा धेरै तलब पाउनेगरी मेसीलाई आएको थियो साउदीबाट प्रस्ताव

२२ भाद्र २०८१

२२ भदौ, विराटनगर ।

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई साउदी प्रो–लिगबाट सन् २०२३ मा आकर्षक तलब पाउने गरी प्रस्ताव आएको खुलेको छ । ३७ वर्षीय मेसीलाई साप्ताहिक रूपमा १६ मिलियन युरो पाउने प्रस्ताव आएको भए पनि उनले अस्वीकार गरेको रिपोर्ट बाहिरिएको हो ।

Advertisement
Advertisement

मेसीका लागि आएको प्रस्तावमा उल्लेख भएको उक्त रकम हालैमात्र नौ सय गोलको आँकडा पूरा गरेका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको भन्दा धेरै हो । अहिले रियादका ‘पोस्टर ब्वाइ’ का रूपमा परिचित रोनाल्डोको भन्दा धेरै तलब आउनेगरी मेसीलाई प्रस्ताव आएको थियो । तर, फ्लोरिडा सहरमै रहेर अमेरिकन क्लब इन्टर मियामीका लागि खेल्न मेसीले उक्त प्रस्ताव स्वीकार नगरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

उनलाई आएको अफर भनेको अल हिलालबाट हो । जुन क्लबमा बार्सिलोना तथा पिएसजीमा एकसाथ खेलेका ब्राजिलयन स्टार नेयमार पनि छन् । तथापि, मेसीले डेभिड बेकह्याम र ज्लाटन इब्राहिमोभिकको पदचाप पछ्याउँदै उनी अमेरिकातिरै हानिएका हुन् ।

बेकह्यामले सन् २०१७ मा मियामीको विस्तार गरेका थिए । मेजर लिग सकरकै सर्वाधिक धेरै तलब पाउनेगरी मेसी सन् २०२३ मा उक्त क्लबमा अनुबन्धित भएका थिए । उनले मियामीसँग सन् २०२५ सम्मको सम्झौता गरेका छन् । जहाँ उनले तलबसहित अरू रकम जोडेर हप्तामा १५.५ मिलियन युरो क्लबबाट कमाउने गरको मिडियाले उल्लेख गरेका छन् ।

फुटबल ‘लिजेन्ड’ मेसी साउदी आएको भए वार्षिक आठ सय मिलियन युरो कमाउन सक्थे । तर, मियामीमा अनुबन्ध भएर उनले जोर्डी अल्बा, सर्जियो बुस्क्वेट्स र लुइस स्वारेजजस्ता पूर्वसहकर्मीसँग फेरि एकपटक खेल्ने मौका पाए ।

Advertisement
Advertisement

‘मलाई जहाँ जान मन लाग्छ, त्यहीँबाट खेल्छु र पैसाभन्दा पनि परिवारबारे सोच्छु,’ मेसीले भनेका छन्, ‘म दुई वर्ष जहाँ थिए, त्यहाँ धेरै नै दुःखी थिएँ । व्यक्तिगत रूपमा पनि म रमाउन पाइनँ ।’

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top