असोज ६ : क्रिकइन्फोले सार्वजनिक गरेको ‘द क्रिकेट मन्थ्ली’ को यस संस्करणमा धेरै क्रिकेट खेल्ने ६ क्रिकेटरहरुको सूचिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन्।सन्दीप धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सुचिमा अटाएका हुन् ।
धेरै देशमा क्रिकेट खेल्ने खेलाडीहरुको सूचीको शीर्ष स्थानमा अफगानिस्तानका ३३ वर्षीय अलराउण्डर मोहम्मद नाबी र लेग स्पिनर रसिद खान छन् । दुवैले अहिले सम्म १० देशमा खेलिसकेका छन् ।
पाकिस्तानका भरपर्दा तथा अनुभवी ब्याट्सम्यान शोएब मलिक, लेग स्पिनर शादाब खान र बंगलादेशका ओपनर ब्याटम्यान तमिम इकबाले समान ९ देशमा टी–२० खेलेका छन् । सन्दीपले पनि ९ देशमै टी–२० क्रिकेट खेलि सकेका छन् ।
सन् २०१८ मा इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट ब्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीप छोटो समयमा नै विश्व क्रिकेटमा छाप छोड्न सफल भएका छन् ।
प्रसिद्ध टी– २० लिग खेल्न भ्याइ नभ्याई रहेका सन्दीप आईपीएल पछि ग्लोबल टी–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिसकेका छन् । उनले खेलेका सबै लिगमा राम्रो प्रभाव छाडेका छन् । त्यस्तै अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा पनि नाङरहार क्लबले सन्दीपलाई अनुबन्ध गरिसकेको छ ।