विश्वकप क्रिकेट लिग–२ मा नेपालको तयारी कस्तो ?

२२ भदौ ८१, शनिबार
Share this
694shares

२२ भदौ , काठमाण्डौ ।

Advertisement

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा र ओमानविरुद्धको एकदिवसीय सिरिजको तयारीका नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकामा छ । क्यानडामा हुने दोस्रो चरणको त्रिकोणात्मक सिरिजका लागि नेपालले एकदिवसीय अभ्यास खेलहरू खेलिरहेको छ ।अब, आइतबार उसले अभ्यास खेलको अन्तिम खेलमा श्रीलंकाको एसएल डेभ्लपमेन्ट टिम खेल्ने छ ।

त्यसअघि पनि श्रीलंकाको स्थानीय टोली एसएल डेभ्लपमेन्टसँगै खेलेको नेपाल शुक्रबार पाँच विकेटको हार बेहोरेको थियो ।त्यसभन्दा अगाडिका खेलहरू भने वर्षाका कारण रद्द भएका थिए । मंगलबार र बुधबार अभ्यास खेल खेलेको नेपालले विहबार भने प्रशिक्षण गरेको थियो। पुनः शुक्रबार अभ्यास खेल खेल्दा शनिबार पनि प्रशिक्षण गरिरहेको छ ।

Advertisement

नियमित कप्तान रोहितकुमार पौडेल क्यानडामै रहेका कारण नेपालले श्रीलंकन डेभ्लपमेन्टसँगको खेलमा कप्तानको भूमिका सोमपाल कामीलाई सुम्पिएर खेलेको थियो । यसअघि नेपाली टोलीले भारतको बेङ्लोर नेसनल क्रिकेट एकेडेमी (एनसिएमा) मा दुई साता प्रशिक्षण र तयारी गरेको थियो ।

Advertisement

श्रीलंका भ्रमणका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १९ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो । टोलीमा रोहित र सोमपालसँगै आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, करण केसी, गुलसन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडाको ओन्टेरियोमा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरु हुनेछ ।

असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी–२० सिरिज सुरु हुनेछ । दुवै सिरिजमा नेपालले चार–चार खेल गरी कुल ८ खेल खेल्नेछ । नेपालले क्यानडामा लिग–२ को दोस्रो सिरिज खेल्न लागेको हो । यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो ।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ ।अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन् । श्रीलंकामा रहेको टोली आगामी सोमबार स्वदेश फर्कने छ । नेपाल फर्किएको केही दिनमा नै टोली क्यानडाको लागि प्रस्थान गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top