बिर्तामोडमा डेंगुबाट आठ वर्षीय बालकको मृत्यु

२१ भदौ ८१, शनिबार

२२ भदौ, विराटनगर ।

Advertisement

झापा बिर्तामोड नगरपालिका-४ का एक बालकको डेंगु संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-४ का आठ वर्षीय आलोकजंग बस्नेत रहेका छन् ।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबल हस्पिटलमा शुक्रबार मृत्यु भएको हो । सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो ।

Advertisement

त्यसपछि बिर्तामोडको झापा नेसनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको आफन्तले जनाएका छन् । बिर्तामोडमा उपचार सम्भव नभएपछि ती उनलाई विराटनगर ल्याइएको थियो । योसँगै यस वर्ष झापामा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top