मस्कले २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाउने

२३ भदौ , एजेन्सी ।

स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका छन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै मंगल ग्रहमा रकेटको सुरक्षित अवतरणको परीक्षण गरिने पनि बताएका छन् । आगामी २० वर्षमा मंगल ग्रहमा सहर स्थापना गर्ने तयारीमा मस्कले भनेका छन– ’यदि यो बिना क्रुड मिसन सफल भयो भने, आगामी चार वर्षमा मंगल ग्रहमा मानव मिशन पठाइनेछ ।

सफल मिसन पछि, मंगल मिशनलाई तीव्रता दिइनेछ र यदि सबै कुरा ठीक भयो भने, आगामी २० वर्षमा मंगल ग्रहमा पूरै सहर स्थापना गर्ने योजना छ ।’ मस्कले एकैपटक धेरै ग्रहमा मानव जीवनको सम्भावनाको वकालत गर्दै आएका छन् । उनी भन्छन्, हामीले एउटा ग्रहमा मात्रै भर पर्न हुँदैन। मस्कले स्पेसएक्सका कर्मचारीहरूलाई मंगल ग्रहमा सहर स्थापना गर्ने योजनामा काम सुरु गर्न पनि निर्देशन दिएका छन् ।

Advertisement

अमेरिकी सञ्चारमाध्यमका अनुसार मंगल ग्रहमा सानो गुम्बज भएको बासस्थान निर्माण गर्ने योजना छ । अर्को टोलीले मंगल ग्रहको कठोर वातावरणको सामना गर्न स्पेससूटहरू सिर्जना गर्ने काम गरिरहेको छ, जबकि एक मेडिकल टोलीले त्यहाँ मानिसले बच्चा जन्माउन सक्छ कि भनेर अनुसन्धान गरिरहेको छ ?

मस्कले सन् २०१६ मा मंगल ग्रहमा मानव बस्ती स्थापना गर्न ४० देखि १०० वर्ष लाग्ने बताएका थिए तर अब मस्कले आगामी २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती स्थापना गर्ने घोषणा गरेका छन् । मस्कको लक्ष्य मंगल ग्रहमा करिब १० लाख मानिस बस्ने हो । पुनः प्रयोग गर्न मिल्ने रकेटको साथ मंगल मिशनको लागत घटाउने योजना बारेमा मस्कले भने कि उनको कम्पनी स्पेसएक्सले पहिलो पुनः प्रयोज्य रकेट बनाएको छ र यसले अन्तरिक्ष अभियानको लागत घटाउनेछ, जसका कारण एक ग्रहबाट अर्को ग्रहमा जान आर्थिक रूपमा महँगो नहुने बताइएको छ ।

Advertisement

स्पेसएक्सको सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन स्टारशिपले यस वर्ष जुनमा सफल उडान गरेको थियो । यो टेक्सासको एक निजी स्टारबेसबाट सुरु गरिएको थियो र स्पेसएक्सले पनि यसको उडान प्रत्यक्ष प्रसारण गर्यो । यसअघि स्पेसएक्सका तीनवटा प्रयास असफल भएका थिए । यसैबीच नासाले भने मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ ।

एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्किया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्ष यान प्रयोग गर्नेछ । यस मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडी प्रक्षेपण गर्ने योजना छ । नासाले लागत, तालिका र प्राविधिक चुनौतिहरूबाट बच्नका लागि यो मिसनमा ढिलाई गरेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top