पलेशाको प्रशंसा गर्दै देउवाले भने- उहाँले गर्दा नेपालको इज्जत बढ्यो

२२ भदौ ८१, आइतबार

२३ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाराओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्द्धनका कारण नेपालको इज्जत बढेको बताएका छन् । पार्टी कार्यालय सानेमामा आइतबार पलेशलाई पाँच लाख रुपैयाँ नगदसहित सम्मान गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले पलेशालाई पाँच लाख, प्रशिक्षक नेगी लामालाई एक लाख ५० हजार र पारा ओलम्पिकमा सहभागी अर्का खेलाडी भरतसिंह महतालाई ५० हजार रुपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गरेका थिए ।

Advertisement

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवर्द्धनको प्रशंसा गरे ।

Advertisement

उनले भने,‘पलेशा गोवर्द्धनजी जो हुनुहुन्छ, उहाँले अत्यन्तै नेपाललाई कांस्य पदक जिताउनुभयो । जिताउन सफल हुनुभएकोमा सबै नेपालीको तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक बधाई । भोलिका दिनमा अझ बढी पदक प्राप्त गर्ने सफलता मिलोस् । नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको कांस्य पदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको छ। त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडीहरूले अझ बढी सफलता प्राप्त गरुन् भन्ने हार्दिक कामना गर्दछु ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top