क्रोएसियाको पहिलो जित, जन्मदिनकै दिन पोल्यान्डविरुद्ध मोड्रिचको निर्णायक गोल

२३ भदौ ८१, सोमबार

२४ भदौ, एजेन्सी

Advertisement

चौथो संस्करणको युरोपियन नेसन्स लिगमा क्रोएसियाले पहिलो जित दर्ता गरेको छ । आइतबार राति समूह चरणअन्तर्गत दोस्रो खेल खेलेको क्रोएसियाले पोल्यान्डलाई १-० गोलले हराएको हो ।

क्रोएसियाको अपस एरिनामा घरेलु टोलीलाई जिताउन कप्तान लुका मोड्रिच निर्णायक गोल गरे । आजबाटै ३९ वर्ष पुगेका स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर मोड्रिचले बक्सको किनाराबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

Advertisement

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२औं मिनेटमा मोड्रिचले गोल गरेका थिए । यससँगै मोड्रिचले आफ्नो देशका लागि १८० खेलमा २७औं गोल पुर्‍याएका छन् ।

यससँगै दोस्रो स्थानमा रहेको क्रोएसियाले ३ अंक जोडेको छ । यसअघि क्रोएसिया आफ्नो पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top