रुसलाई इरानी क्षेप्यास्त्र

२४ भदौ , एजेन्सी ।

इरानले रुसलाई छोटो दूरीमा प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्र दिएको अमेरिकी र अन्य पश्चिमा गुप्तचर निकायहरूले जनाएका छन् । रुसले ती क्षेप्यास्त्र युक्रेन युद्धमा प्रयोग गर्ने उनीहरूको भनाइ छ । ती क्षेप्यास्त्र इरानले कहिले आपूर्ति गरेको हो, स्पष्ट छैन । तर, अमेरिकी अधिकारीहरूलाई उधृत गर्दै वाल स्ट्रिट जर्नलले सो खबर प्रकाशित गरेको छ ।

पछिल्लो समय युक्रेनले रुसी भूमिमा प्रवेश गरी करिब १ हजार वर्गकिमि क्षेत्र कब्जा गरेपछि रुसलाई धक्का लागेको छ । र, आउँदो हिउँदमा युक्रेनले भारी रुसी आक्रमण हुने अपेक्षा गरेको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले तत्काल थप हवाइ प्रतिरक्षा हतियार आफूहरूलाई आवश्यक पर्ने बताएका छन् ।

इरानले यसअघि रुसलाई ड्रोन उपलब्ध गराएको थियो । तर, इरानका राष्ट्रसंघीय प्रतिनिधिले रुसलाई क्षेप्यास्त्र नदिइएको बताएका छन् । रुसका तत्कालीन रक्षामन्त्री सेर्गेइ सोइगु गत वर्ष सेप्टेम्बरमा इरान भ्रमणमा गएका थिए । त्यसैबेलादेखि क्षेप्यास्त्र आपूर्तिका लागि वार्ता सुरु भएको अनुमान गरिएको छ ।

रुसले यसअघि उत्तर कोरियाबाट पनि तोपका गोला तथा क्षेप्यास्त्रका पार्टपुर्जा प्राप्त गरेको खबर प्रकाशित भएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top