×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

चार वर्षे कार्यकालमा बाइडेनले लिए एक वर्ष ४ महिना छुट्टी

२४ भाद्र २०८१

२४ भदौ , एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा नयाँ रेकर्ड बनाएका छन् । तर यो रेकर्ड काम गरेर होइन बिदा धेरै लिएर बनेको हो । ८१ वर्षको बृद्ध अवस्थामा समेत राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गरिरहेका बाइडेन उमेरकै कारण आलोचित बनिरहेका बेला उनले आफ्नो चार वर्षे कार्यकालमा ५३२ दिन बिदा लिएको सार्वजनिक भएको छ ।

Advertisement
Advertisement

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार बाइडेनले राष्ट्रपति पद ग्रहण गरेको १३२६ दिन भइसकेको छ । बाइडेनले यी दिनको ४० प्रतिशत बिदा लिएका हुन् भने उनले ७९४ दिन मात्र काम गरेका छन् । रिपोर्टका अनुसार बाइडेनले हरेक १० दिनमा ४ दिन बिदा लिइरहेका छन् । अमेरिकामा कुनै पनि व्यक्तिले प्रत्येक वर्ष औसत ११ दिन बिदा पाउँछन् ।

यसका अनुसार बाइडेनले ४ वर्षमा जति बिदा लिएका छन्, एक साधारण अमेरिकी व्यक्तिलाई ४८ वर्ष लाग्छ । यो अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले लिएको सबैभन्दा धेरै बिदा हो । यसअघि ट्रम्पले आफ्नो कार्यकालमा १४६१ दिनमा २६ प्रतिशत अर्थात् ३८१ दिन बिदा लिएका थिए । जबकि बराक ओबामा र रोनाल्ड रेगन आफ्नो कुल कार्यकालको ११ प्रतिशत दिन मात्र बिदामा थिए ।

जिम्मी कार्टरले राष्ट्रपतिको रुपमा ७९ दिन मात्रै बिदा लिएका थिए । विश्वको उथलपुथलका बीच अमेरिकी राष्ट्रपतिले यति लामो समय बिदा लिएको भन्दै बाइडेनको आलोचना भइरहेको छ । बाइडेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति जहिले पनि बिदामा गएको बेला आफ्नो काममा जोडिएको अवस्थामा रहने बताएका छन् ।

उसले नियमित रूपमा आवश्यक कलहरू प्राप्त गर्ने र सजिलै सम्पर्क गर्न सकिने अवस्थामा बसेको स्पष्ट गरेका छन् । बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । ८० वर्षीय डेमोक्र्याट नेताले जनवरी २०, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए । उनी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएर अमेरिकाको राष्ट्रपति बनेका थिए ।

दोस्रो कार्यकालका लागि पनि चुनावी मैदानमा आउँन चाहेका बाइडेन आफ्नै पार्टीमा समेत चर्को आलोचना भएपछि पछाडि सकेका छन् । त्यसपछि आफ्नी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति उमेद्वारका रुपमा अघि बढाउँदै आफ्नो कार्यकालबाट विट मार्न लागेका बाइडेनलाई जाँदाजाँदै भने ठूलो झट्का लागेको छ ।

उनको छोरा हन्टर बाइडेनले जानीजानी कर छलीको ९ अभियोगमा आफूलाई दोषी स्वीकार गरेका छन् । यसअघि हन्टर बाइडेनले सन् २०१६ र २०१९ को बीचमा जानाजानी १४ मिलियन डलरको कर नतिरेको आरोप अस्वीकार गरेका थिए । ५४ वर्षीय हन्टर बाइडेन आफू निर्दोष रहेको दाबी गर्दै मुद्दाको सामना गर्न चाहन्थे, तर अभियोजकहरूको आपत्तिपछि उनी ‘दोष स्वीकार गर्न राजी’ भएका हुन् ।

तीन महिनाअघि उनी बन्दुक राख्ने र लागुऔषध प्रयोगका छुट्टाछुट्टै मुद्दामा उनी दोषी ठहर भएका थिए । न्यायाधीश मार्क स्कार्सीले हन्टर बाइडेनले दोष स्वीकार गरेको खण्डमा उनलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्म जरिवाना हुने बताएका छन् । उनको सजायबारे निर्णय राष्ट्रपतिको चुनाव सकिएको एक महिनापछि डिसेम्बर १६ मा लिइनेछ, जतिबेला उनका पिता जो बाइडेनको कार्यकाल समाप्त हुनेछ ।

Advertisement

त्यसो त राष्ट्रपति बाइडेनले यसअघि नै आफ्ना छोरालाई माफी दिलाउन आफ्नो शक्ति प्रयोग नगर्ने बताइसकेका छन् । अमेरिकामा नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ भने जनवरी २० देखि नयाँ राष्ट्रपतिले आफ्नो कार्यारम्भ गर्नेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top