×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

दर्शकबिनाको खेलमा इटालीको लगातार दोस्रो जित, उक्लियो शीर्ष स्थानमा

२५ भाद्र २०८१

२५ भदौ, विराटनगर । 

इटालीले चौथौ संस्करणको युरोपियन नेसन्स लिगमा आफ्नो उडान कायमै राखेकाे छ । सोमबार राति भएको दोस्रो चरणको खेलमा इटालीले इजराइललाई २-१ गोलले हराएको हो ।

Advertisement
Advertisement

हंगेरीको बुडापेस्टमा दर्शकबिना खेलाइएको खेलमा इटालीलाई जिताउन डेभिड फ्रेटेसी र मोइस केनले एक-एक गोल गरे । इजराइलका मोहम्मद अबु फानीले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ३८औं मिनेटमा फ्रेटेसीले डिमाक्रोको पासमा गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए । ६२औं मिनेटमा केनले रिबाउन्डमा गोल गर्दै इटालीको अग्रता २–० मा पुर्‍याए ।

खेलको ९०औं मिनेटमा इजरायली टोलीका मोहम्मद अबु फानीले फ्रिकिकबाट गोल गरेपनि पर्याप्त हुन सकेन । योसँगै लुसियानो स्पालेट्टीको टोली नेसन्स लिग ए समूह २ को शीर्ष स्थानमा कायमै रहन सफल भएको छ ।

शुक्रबार राति भएको पहिलो खेलमा फ्रान्सलाई ३–१ ले पराजित गरेको थियो । योसँगै इटाली ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

नेसन्स लिगमा इजराइलसँगका खेल बन्द रंगशालामा खेलाइँदै छ । इजराइल-हमास युद्ध जारी रहेका बेला यसअघि बेल्जियमका थुप्रै सहरले सुरक्षाको जोखिम औंल्याउँदै इजराइलसँगको खेल आयोजना गर्न अस्वीकार गरेका थिए ।

त्यसपछि युरोपियन फुटबल महासंघले उक्त खेल हंगेरीमा बिनादर्शक खेलाउने निर्णय गरिएको थियो ।

गत अक्टोबरमा बेल्जियम र स्विडेनबिचको युरो २०२४ छनोट खेलअघि एक बन्दुकधारीले दुई स्विडिस समर्थकको हत्या गरेका थिए ।

Advertisement

युइएफएले बेल्जियमको किङ बाउडिन स्टेडियममा गराउने तय गरेको थियो । तर, बेल्जियम फुटबल संघले भने सुरक्षा चुनौती हुने भन्दै अस्वीकार गरेपछि हंगेरीमा दर्शकबिना खेलाइएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top