लिग २ को दोस्रो सिरिज खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

२४ भदौ ८१, मंगलबार

२५ भदौ, काठमाडौं ।

Advertisement

आइसिसी विश्वकप लिग-२ को दोस्रो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । आगामी १६ सेप्टम्बरबाट क्यानडामा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि क्यानडा उड्ने टोलीको मंगलबार बिदाइ गरिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गर्दै बिदाइ गरेको हो । सोमबार मात्र मुख्य प्रशिक्षक मोन्टी देसाईंले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेका थिए ।

Advertisement

प्रशिक्षक मन्टी देसाईले क्यानडामा हुन लागेको विश्वकप लिग-२ शृङ्खलाअघि आफू उत्साही रहेको बताएका छन् । टी-२० विश्वकपमा नेपालको प्रदर्शनका कारण यतिबेला टिम सकारात्मक रहेको बताए ।

‘सधैँ लाइन क्रस गरिरहन पर्दैन, गुड मेमोरिजले पनि ठुलो अर्थ राख्छ’, टिम बिदाइ कार्यक्रममा मंगलबार प्रशिक्षक देसाईले भने ।  बैंगलोरको दुई साताको क्याम्पले टिमलाई सहयोग पुगेको बताए ।

Advertisement

‘हामीले घरेलु मैदानमा भएको पहिलो शृङ्खलामा सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ’, उनले भने, ‘तर क्यानडामा हामी आशावादी छौँ ।’ उनले जित र हात नियन्त्रणमा नभए पनि मानसिकता बलियो हुनुपर्ने र विगतमा टिमले त्यो गरेर देखाएको पनि उल्लेख गरे ।

नेपालले घरेलु टोली क्यानडासँग खेल्दै आइसिसी विश्वकप लिग २ को दोस्रो सिरिज सुरुआत गर्ने छ । पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो । पाहुना टोली नामिबियाविरुद्धको दुवै खेलमा हार बेहोरेको नेपाल नेदरल्यान्ड्ससँग भने दुई अंक खोस्न सफल भयो ।

क्यानडामा सेप्टेम्बर १६ देखि हुने दोस्रो सिरिजमा घरेलु टोली र नेपालबाहेक ओमानले सहभागिता जनाउने छ । नेपालले दोस्रो खेल ओमानसँग खेल्नेछ । तीन दिनको रेस्ट लिएर नेपाल पुनस् घरेलु टोलीसँग खेल्न उत्रिनेछ। त्यसको दुई दिनपछि नेपालले ओमानसँग खेल्दै यो सिरिज अन्त्य गर्नेछ ।

यस्तो छ नेपाली टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top