इजरायलको पछिल्लो हवाई आक्रमणमा गाजापट्टीमा थप ४० मारिए

२५ भदौ ,  एजेन्सी ।

हमासद्वारा सञ्चालित प्रशासनले गाजा पट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेशनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको हुन सक्ने आशङ्का व्यक्त गरेको छ ।

हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले भने, ‘घटनामा ४० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।’

यता इजरायली सेनाले भने उसका लडाकु विमानहरूले खान युनिसमा हमास लडाकुहरूको ‘सञ्चालन केन्द्र’मा आक्रमण गरेको बताएको छ ।

यो अपरेसनमा नागरिकहरूलाई जोगाउन उपायहरू अवलम्बन गरिएको उसको दाबी छ ।

तर स्थानीय बासिन्दाहरूले अल–मवासीमा विस्थापित सर्वसाधारणहरूको टेन्टमा तीनवटा आक्रमणहरू गरिएको थियो ।

अल–मवासी खान युनिसको पश्चिममा एउटा ठूलो जनसंख्या भएको क्षेत्र हो ।

गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टिनीहरू आफ्नो ज्यान बचाउन खान युनिसतिर भागेका थिए ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top