कोशीका निवर्तमान मुख्यमन्त्रीले थाले अनशन, निषेधित क्षेत्र घोषणा गरेको प्रशासनलाई चुनौती

२४ भदौ ८१, मंगलबार

२५ भदौ, विराटनगर ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मंगलबारबाट आमरण अनशन थालेका छन् । कार्कीले आज दिउँसो ४ बजेबाट प्रदेशसभा भवननजिकै रहेको देवकोटा चोकमा आमरण अनशन बसेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशसभा भवन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार एक सूचना जारी गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । तर, निषेधित क्षेत्रमै पूर्वमुख्यमन्त्री कार्कीले अनशन थालेपछि प्रशासनलाई चुनौती थपिएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न नौ बुँदे माग राख्दै उनी आमरण अनशन बसेका हुन् । पूर्वमुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले सुरु गरेको १० वर्षमुनिका बालबालिकाकाका लागि विशेषज्ञ उपचार सेवामा दिन थालेको निःशुल्क सेवालाई निरन्तरता दिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई दिनथालेको प्रोत्साहन भत्तालाई निरन्तरता दिनुपर्ने, घिउ तथा धुलो दूध निर्यात अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने माग गर्दै अनशन बसेका हुन् ।

वर्तमान सरकारले ती कार्यक्रम चालु वर्षको बजेटमा समावेश नगरेपछि उनले निरन्तर विरोध गर्दै आएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले प्रदेशले सञ्चालन गर्ने योजना न्यूनतम २५ लाख रुपैयाँ भन्दा बढी हुनुपर्ने, सुनसरी–मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग पनि अगाडि सारेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top