अंक बाँडे जर्मनी र नेदरल्यान्ड्सले

२५ भदौ ८१, बुधबार

२६ भदौ, विराटनगर ।

चौथौ संस्करणको युरोपियन नेसन्स लिग जर्मनी र नेदरल्यान्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको दोस्रो चरणको खेलमा जर्मनी र नेदरल्यान्ड्सले २-२ गोलको बारबरी खेल्दै अंक बाँडेका हुन् ।

नेदरल्यान्ड्सको जोहन क्रुफ एरिनामा घरेलु टोलीका टिजनी रेइन्डर्स र डेन्जल डम्फ्राइजले एक-एक गोल गरे । जर्मनीका लागि भने डेनिज उन्डभ र जोसुआ किमिचले एक-एक गोल गरे ।

रेइन्डर्सले खेलको दोस्रो मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमै जर्मनीले गोल फर्कायो । ३८औं मिनेटमा जर्मनीका लागि डेनिज उन्डभले बराबरी गोल फर्काए .

उन्डभकै पासमा पहिलो हाफको इन्जुरी टाइममा कप्तान जोसुअ किम्मिचले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । तर, जर्मनीले पनि अग्रता जोगाउन सकेन । ५०औं मिनेटमा नेदरल्याण्ड्सका डेन्जल डम्फ्रिसले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवैतर्फबाट थप गोल नहुँदा अंक बाँडेको हो ।

यससँगै जर्मनीले दुई खेलमा चार अंक जोडेको छ । उसले पहिलो खेलमा हंगेरीमाथि ५-० गोलको फराकिलो जित निकालेको थियो ।नेदरल्यान्ड्ससँग पनि चार अंक नै छ । उसले पहिलो खेलमा बोस्निया एन्ड हर्ज गोभिनालाई ५-२ गोलान्तरले हराएको थियो ।

यसै समूहको अर्को खेलमा हंगेरी र बोस्निया एण्ड हर्जगोभिनाले गोलरहित बराबरी खेलेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top