रास्वपाको निष्कर्ष : उपसभामुखबाट गलत भयो तर १८ महिनासम्म यो विषय किन लुकाएर राखियो ?

२५ भदौ ८१, बुधबार

२६ भदौ, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले उपसभामुख इन्दिरा रानामगरले गलत गरेको स्वीकार गरेको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा उपसभामुख मगरबारे प्रतिनिधिसभामा प्रश्न उठेको विषयमा पनि छलफल भएको थियो ।

उपसभामुख मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो । रास्वपाले पनि उपसभामुखले अन्तर्वार्ताका लागि दूतावासलाई हस्ताक्षरसहित अनुरोध पत्र दिनु गलत भएको बताएको छ ।

Advertisement

तथापि, उपसभामुखविरुद्ध औपचारिक रूपमा हस्ताक्षर दर्ता भएको स्थिति नभएकोले यसलाई अहिले नै निष्कर्ष निकालिहाल्न नहुने पार्टीको ठहर छ ।

कार्यवाहक प्रवक्ता मनिष झाले सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘आजको सचिवालय बैठकमा हाम्रो बुझाइ के रह्यो भने लगभग १८ महिना पहिला एउटा पत्रमा उहाँ (उपसभामुख) को हस्ताक्षर देखियो । जुन पत्र सम्बन्धित निकायमा दर्ता पनि भएको छैन, पुगेको पनि छैन ।’

Advertisement

उपसभामुखले अमेरिकी दूतावासमा भिसाका लागि भने अनुरोध पत्र नपठाएको उनले बताए । ‘अन्तर्वार्ताका लागि समय मागेको हो। अन्तर्वार्ताका लागि छ महिनादेखि एक वर्षसम्म कुर्नुपर्छ । कार्यक्रमको समय धेरै नजिकै पनि आइसकेको थियो, त्यसैले मलगायत टोलीलाई अलि चाँडै तिमी अन्तर्वार्ताको समय दिन सक्छौं कि भनेर एउटा अनुरोध पत्र हस्ताक्षर भयो, जुन गलत भयो,’ सांसदसमेत रहेका झाले भने, ‘त्यो कुनै गल्ती थिएन भनेर हामीले भनेका छैनौं । त्यो दुरूपयोग भएको हो ।’

तर उक्त विषय किन १८ महिनासम्म लुकाएर राखिएको भन्ने उनको प्रश्न छ । ‘१८ महिनासम्म त्यो विषय लुकाएर किन राखियो । यस्तै कुनै राजनीतिक दाउपेचमा प्रयोग गर्न पाइन्छ कि भनेर राखेको त होला । नयाँ गठबन्धन भएपछि यो सान्दर्भिक भएको हो ?,’ उनले भने, ‘उहाँले स्पष्टीकरणको मौका पाउनुपर्छ, छानबिन गरिनुपर्छ । संवैधानिक परिषदमा उहाँहरू आफ्नो उपस्थिति को हुनुपर्छ को हुनुपर्दैन भन्ने कुरा होला। इन्दिरा राना गलत व्यक्ति होइन ।’

संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख रानामगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । अमेरिकी दूतावासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारूढ दलहरूले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै उनीमाथि प्रश्न उठाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो ।

Advertisement

भर्खरको समाचार

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

सम्बन्धित समाचार

Scroll to Top