×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

सामाजिक सञ्जालमा रोनाल्डोका एक बिलियन फलोअर्स

२८ भाद्र २०८१

२८ भदौ, एजेन्सी । 
फुटबल मैदानमा मात्र नभएर बाहिर पनि कीर्तिमान बनाउन पल्किएका क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स बनाएका छन् । हालैमात्र ३९ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोले सबै प्रकारका सामाजिक सञ्जालमार्फत एक अर्ब फलोअर्स बनाएका हुन् ।
पछिल्लो अढाइ दशकयता विश्व फुटबलमा राज गरिरहेका रोनाल्डोसँग सामाजिक सञ्जाल ‘एक्स’ (पूर्वट्विटर) मा सय मिलियन फलोअर्स छन् । ‘मिस्टर च्याम्पिन्स’ले परिचित रोनाल्डोलाई इन्स्टाग्राममा ६ सय मिलियन प्रयोगकर्ताले पछ्याउँछन् । फेसबुकमा एक सय ७० मिलियने प्रयोगकताले रोनाल्डोलाई पछ्याउँछन् ।

हालैमात्र रोनाल्डोले युट्युबमा आफ्नो च्यानल बनाएका थिए, जसबाट उनले विभिन्न ‘रेकर्ड’ आफ्नो नाममा सारे । पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले युट्युबमा ६० मिलियन सब्स्क्राइबर बनाएका छन् । सबैखाले सामाजिक सञ्जालमा आफ्नो प्रभावशाली उपस्थिति जनाएका रोनाल्डोले एक बिलियन फलोअर्स कमाएका हुन् ।

Advertisement
Advertisement

युट्युबसहित सबै सामाजिक सञ्जालबाट उनले आकर्षक आम्दानीसमेत गर्छन् । फेसबुक, एक्स र इन्स्टाग्राममा एउटा विज्ञापन गरिदिएबापत उनले करोडौं कमाउँछन् । झन्, युट्युबमा सक्रिय बन्दा सामाजिक सञ्जालबाट आउने रोनाल्डोको आम्दानीमा उत्तिकै बढोत्तरी भएको छ ।

सामाजिक सञ्जालमा एक बिलियन फलोअर्स कमाएपछि रोनाल्डोले आफ्ना समर्थक र शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् । पोर्चुगलको मडेइरामा जन्मेर सानै उमेरदेखि फुटबल यात्रा थालेका रोनाल्डो आज सर्वकालीन महान् खेलाडीमध्येका एक हुन् ।

‘एक अर्ब फलोअर्स । यो एउटा नम्बरभन्दा पनि धेरै थोक हो । मेरो खेलप्रति र मप्रतिको समर्थकहरूको माया हो । मडेइराको सडकबाट विश्वका ठुला–ठुला मैदानसम्म, मैले मेरो परिवारका लागि खेलेको हुँ र तपाईंहरूका लागि खेलेको हुँ,’ उनले एक्समा भनेका छन्, ‘हामीले एउटा नयाँ कीर्तिमान बनाएका छौं । मेरा हरेक पाइलाहरूमा तपाईंहरूको साथ छ ।

समकालीन फुटबलका हस्ती रोनाल्डोले भावुक हुँदै आफ्नो यात्राबारे उल्लेख गरेका छन् । हालैमात्र रोनाल्डोले करिअरको नौ सय गोलको कोशेढुंगा पूरा गरेका थिए । युरोपियन नेसन्स लिगमा क्रोएसियासँगको खेलमा गोल गरेसँगै नौ सय गोल पूरा गरेका रोनाल्डोले स्पोर्टिङ लिस्बनबाट व्यवसायिक फुटबल थालेर म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस हुँदै अहिले अल नासरका लागि खेलिरहेका छन् ।

पाँच पटक बालोन डी‘ओर जस्तो प्रतिष्ठित अवार्ड जितेका रोनाल्डोले जम्माजम्मी ३३ वटा ट्रफी उचालेका छन् । विश्व फुटबलको इतिहासमा सबैभन्दा धेरै गोल गरेका उनले पाँच पटक च्याम्पियन्स लिग पनि जितेका छन् । राष्ट्रका लागि युरो कप र नेसन्स लिग जितेका रोनाल्डोले विश्वकपको ट्रफी भने जित्न बाँकी छ ।

Advertisement

उमेरले चार दशक पूरा गर्न आँटे पनि मैदानमा आफूलाई प्रमाणित गर्न तत्पर देखिएका रोनाल्डो तत्काल सन्न्यास लिने मनसायमा पनि छैनन् । उनको यो तत्परताले आगामी दुई वर्षपछि मेक्सिको, क्यानडा र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकप फुटबल खेल्ने संकेत गर्छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top