२८ भदौ, काठमाडौं ।
भारोत्तोलनका हेमन्त पालले शुक्रबार पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।
हेमन्त पाल युथ प्लेयर अफ दि इयर घोषित भएका पालले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक जितेका थिए ।
यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयनमा परेका थिए । उत्कृष्ट युवा खेलाडी घोषित हेमन्तले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे ।
यसैगरी, पल्सर स्पोर्ट्स अवार्ड टिम अफ दि इयर अवार्ड महिला कबड्डी टिमले जित्यो । १९औं एसियन्स गेममा पदकका लागि आशा गरिएका खेलाडीहरू असफल भएका बेला महिला कबड्डी टिम काश्य पदक जित्न सफल भएको थियो ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झा राज्यले सहयोग गरे आगामी दिनमा स्वर्ण पदकसमेत आउन सक्ने बताए ।