×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

आत्मघाती गोलले जोगियो नासर

२९ भाद्र २०८१

२९ भदौ , एजेन्सी ।

साउदी प्रो लिगमा अल नासर हारबाट जोगिएको छ । अल अहलीका अल–हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगिएको हो । नासरले अल अहलीसँग १–१ को बराबरी खेल्यो । अल–अवल पार्कमा सम्पन्न खेलमा अल अहलीका लागि फ्रान्क केइसीले गोल गर्दा नासरले भने १ गोल उपाहार स्वरुप पाएको थियो ।

Advertisement
Advertisement

अहलीका लागि ५७औं मिनेटमा केइसीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा अहलीका अल–हुरेजीले आत्मघाती गोल गर्न पुग्दा नासर हारबाट जोगियो । बराबरीसँगै नासर शीर्ष स्थानमा उक्लिने मौकाबाट चुकेको छ । ३ खेलबाट ५ अंक जोडेको नासर छैटौं स्थानमा छ ।

समान खेलबाट ४ अंक जोडेको अहली नवौं स्थानमा छ । उता करिम अदेयेमीको दुई गोलसँगै बोरुसिया डर्टमन्ड बुन्डेसालिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सिग्नल इडुना पार्कमा शुक्रबार राति सम्पन्न खेलमा डर्टमुन्डले एफसी हेडेनहेममाथि ४–२ को सहज जित हात पारेको हो ।

जितसँगै डर्टमन्डले तीन खेलबाट सात अंक जोडेको छ, जुन दोस्रो स्थानको हेडेनहेमभन्दा एक अंक बढी हो । १२औं मिनेटमै करिमको पासमा गोल गर्दै डेनिएल मालेनले डर्टमुन्डलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि जुनियन ब्रान्डको पासमा करिमले नै गोल गरे ।

३९औं मिनेटमा उमर ट्रोरले बल दिँदै मार्विन पिरिङ्गरलाई गोल गर्ने अवसर दिए । त्योसँगै हेडेनहेम खेलमा २–१ ले फर्कियो । ४१औं मिनेटमा करिमले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । उनले जुलियन रेयरसनको पासमा गोल गरेका हुन् ।

तर, ७४औं मिनेटमा म्याक्सिमलियियन ब्रुनिगले गोल गर्दै हेडेनहेमलाई ३–२ को स्थितिमा ल्याए । यद्यपि, इन्जुरी समयमा एमरे क्यानले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई ४–२ को सहज जित दिलाए । यसैबीच इतिहाद स्टेडियममा आज राति बे्रन्टफोर्डले म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

मैदानमा उत्रिने तयारीमा रहेका बेला ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्रान्कले एर्लिङ हालान्डको प्रत्याशा र मुभमेन्टका कारण म्यानचेस्टर सिटीलाई रोक्न असम्भव भएको बताएका छन् । प्रिमियर लिगको पछिल्लो दुई सिजनका हालान्ड सर्वाधिक गोलकर्ता हुन् ।

यस सिजन तीन खेलमा दुई ह्याट्रिकसहित उनले सात गोल गरिसकेका छन् । प्रिमियर लिगमा ६९ खेलमा ७० गोल गरेका २४ वर्षे खेलाडीलाई कसरी रोक्न सकिन्छ भन्ने प्रश्नमा फ्रान्कले भने, ‘लगभग असम्भव जस्तै छ। धेरै टिमले उनलाई रोक्ने प्रयास गरेका छन् । उनी उत्कृष्ट खेलाडी हुन्।’

Advertisement

हालान्डले गत सिजन ब्रेन्टफोर्डको जीटेक कम्युनिटी स्टेडियममा फिल फोडेनले गरेका तीन गोलमध्ये एकगोलका लागि असिस्ट गरेका थिए । प्रिमियर लिगमा शनिबार राती ६ खेल हुँदैछन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top