अमेरिकी राष्ट्रपति चुनावः पोपले देखे दुवैलाई खराब

२९ भदौ , एजेन्सी ।

अमेरिकी पूर्वराष्ट्रपति एवं रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपति पदका उमेदवार डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उमेदवार एवं हालकी उपराष्ट्रपति कमला ह्यारिससँग अब राष्ट्रपतिको चुनावी बहस नगर्ने घोषणा गरेका छन् ।

ट्रम्पले मंगलबार राति फिलाडेल्फियामा एबीसी न्युजले आयोजना गरेको बहसमा ह्यारिसलाई फक्स न्युज, एनबीसी न्युज र सीबीएस न्युजबाट बहसको निमन्त्रणा आए पनि अस्वीकार गरेको आरोप लगाएका छन् ।

ह्यारिसले भने मतदाताहरूका लागि अर्को बहस गर्नुपर्ने आवश्यक रहेको बताएकी छन् । बहस पर्यवेक्षकहरूको सीएनएन सर्वेक्षणले फिलाडेल्फियामा ह्यारिसले स्टेजमा राम्रो प्रदर्शन गरेकोमा ६३ प्रतिशत सहमत देखाएको छ ।

फक्स न्यूजका अनुसार प्यानलका १२ जना मतदाताले ह्यारिसले बहस जितेको ठानेका छन् । पाँचजनाले ट्रम्पले जितेको विश्वास गरेका छन् । धेरैले ट्रम्पलाई राष्ट्रपतिको दौडमा आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई कसरी आक्रमण गर्ने थाहा नभएको आरोप लगाए ।

यसैबीच क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति पदका दुवै प्रमुख उम्मेदवारलाई खराबको संज्ञा दिएका छन् । उनले दुवैलाई ‘जीवन विरुद्ध’ रहेको बताएका छन् । उनले क्याथोलिक मतदाताहरूलाई नोभेम्बरको चुनावमा मतदान गर्दा दुईमध्ये ‘कम खराब‘ छनौट गर्न सल्लाह दिएका छन् ।

डोनाल्ड ट्रम्पको सन्दर्भमा पोपले आप्रवासीलाई स्वागत नगर्नु ‘गम्भीर’ पाप भएको बताए । यसबाहेक उनले गर्भपतनमा कमला ह्यारिसको अडानलाई ‘हत्या’ सँग तुलना गरे । पोपले दक्षिणपूर्वी एसियाको १२ दिने भ्रमण समाप्त गर्दै शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘दुवै उम्मेदवार जीवनको विरुद्धमा छन्, चाहे त्यो आप्रवासीहरूलाई निष्कासन गर्ने होस् वा बच्चाहरूलाई मार्ने होस्,’।

पोपले आफ्नो टिप्पणीमा ह्यारिस वा ट्रम्पको नाम भने लिएनन् । विश्वव्यापी रूपमा १.४ अर्ब क्याथोलिकहरू मध्ये, ५.२ करोड अमेरिकी क्याथोलिकहरू छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top