×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

पुनरागमन खेलमै मेसीको कीर्तिमान !

३० भाद्र २०८१

३० भदौ, एजेन्सी ।
चोटका कारण दुई महिना मैदानबाहिर रहेर पुनरागमन गरेको खेल नै अर्जेन्टिनी कप्तान लियोनल मेसीका लागि सम्झनलायक बन्यो । अमेरिकन मेजर लिग सकरअन्तर्गत आइतबार बिहान भएको खेल मेसीआबद्ध इन्टर मियामीले फिलाडेल्फियालाई ३–१ गोलले हराएको थियो ।

मियामीको मैदान चेस स्टेडियममा कप्तान मेसीले दुई गोल गरेका थिए भने लुइस स्वारेजले एक गोल गरे । पाहुना टोली फिलाडेल्फियाका माइकल उरेले दोस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलमा बार्सिलोनाका पूर्वखेलाडीद्वय मेसी र स्वारेजले मियामीलाई जिताएका थिए ।

Advertisement
Advertisement

चार मिनेटको अन्तरालमा दुई गोल गरेका मेसीले स्वारेजको गोलमा पास मिलाइदिएका थिए । यससँगै ३७ वर्षीय मेसीले मेजर सकर लिग (एमएलएस) मा नयाँ कीर्तिमान बनाएका छन् । उनी मेजर लिगका पछिल्ला आफूले खेलेका १९ खेलमा १५ गोल र १६ असिस्ट गर्ने पहिलो खेलाडी बनेका हुन् ।

मेसीले जारी सिजनमा १३ मात्र खेल खेल्दा १४ गोल र १० असिस्ट गरेका छन् । सन् २०२४ मा उनले मियामीका सबै प्रतियोगितामा गरी २९ खेलमा २५ गोल गर्दा १६ गोलमा पास मिलाएका छन् । यसअघि बार्सिलोना र पिएसजीका लागि खेलेका मेसीले सबै क्लबमा ७३१ गोल र ३२० असिस्ट गरेका छन् । समग्र फुटबल करिअरमा ८४० गोल गरेका मेसीले ३७५ गोलमा पास मिलाइदिएका छन् ।

सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसीले चोटका कारण जुलाई १४ देखि १४ सेप्टेम्बरसम्म दुई महिना विश्राम लिनुपरेको थियो । विश्वकप विजेता मेसी गत महिना फ्लोरिडामा सम्पन्न कोपा अमेरिकाको फाइनल खेलमा घाइते भएका थिए । जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले कोलम्बियामाथि जित हात पार्दा घुँडामा चोट लागेपछि मेसीले कुनै पनि खेल खेलेका थिएनन् ।

त्यसबीचमा उनले फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फका दुई खेल गुमाएका थिए । अर्जेन्टिनाले सेप्टेम्बर ५ चिलीमाथि ३–० गोलको जित निकाल्दा कोलम्बियासँग भने २–१ गोलको हार बेहोरेको थियो । खेलको अघिल्लो दिनदेखि नै प्रशिक्षणमा फर्किएका मेसीले दुई गोल गरेर उक्त कीर्तिमान बनाएका हुन् ।

‘इमान्दारिताका साथ भन्नुपर्छ, मियामीका लागि खेल्न नपाउँदा म थोरै थकित थिएँ,’ खेलपछि मेस्सीले भनेका छन्, ‘पुनरागमनका लागि मैले थुप्रै कोसिस गरेँ । धेरै समय म मैदानभन्दा टाढा रहेँ । तर विस्तारै समूहमा रहेर प्रशिक्षण थालेको थिएँ । अहिले राम्रो महसुस भइरहेको छ, मैले गेमको सुरुआत गर्ने राम्रै निर्णय लिएको रहेछु ।’

२०२२–२३ को सिजन आधाभन्दा धेरै खेलहरू सकिएपछि मेसी मियामीमा अनुबन्ध भएका थिए । उक्त सिजन डेभिड बेह्यामको क्लब मियामीलाई एमएलएसको उपाधि जिताउन नसकेका मेसीले यसपटक भने दाबेदार बनाएका छन् ।

अहिले २८ खेल खेलिसक्दा मियामी ६२ अंकका साथ शीर्ष स्थानमा छ । समान खेल खेलेको सिनसिनाटी मियामीभन्दा १० अंकले पछाडि छ ।

Advertisement

भर्खरको समाचार

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

सम्बन्धित खबरहरु

Scroll to Top