दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरे राजीनामाको घोषणा

२९ भदौ ८१, आइतबार

३० भदौ, एजेन्सी ।

तिहाड जेलमा १५६ दिन बिताएर दुई दिनअघि मात्र रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामाको घोषणा गरेका छन् । भारतको सर्वोच्च अदालतबाट जमानत पाएसँगै केजरीवाल शुक्रबार रिहा भएका थिए ।

धरौटीमा जेलबाट रिहा भएको दुई दिनपछि नै केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । भारतीय मिडिया आजतकका अनुसार आइतबार आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

Advertisement

उनले भने, ‘म सिएम (मुख्यमन्त्री) बाट राजीनामा दिँदै छु र जनताको फैसला नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

केजरीवालले भने, ‘केन्द्रीय सरकारले कानुन बनाएर मेरो काम बन्द गर्ने काेसिस गरेको थियो । यदि, तपाईंहरूलाई लाग्छ, केजरीवाल इमान्दार छ । त्यस्तो लाग्छ भने मेरो पक्षमा भोट दिनुस् । फेब्रुअरीमा चुनाव हुँदै छ । तर चुनाव तुरुन्तै गराइयोस् भन्ने मेरो माग छ । नोभेम्बरमा महाराष्ट्रमा चुनाव होस् । नयाँ सिएमको चुनाव त्यसभन्दा दुई-तीन दिनपछि होस् ।’

Advertisement

मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा तिहाड जेलमा रहेका केजरीवाल भारतीय सर्वोच्च अदालतले धरौटीमा रिहाको आदेश दिएपछि गत शुक्रबार साँझ जेलमुक्त भएका थिए ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top