×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कांग्रेस सांसद श्रेष्ठले प्रचण्डलाई दिए चेतावनी : जथाभावी नबाेल्नुस् !

३० भाद्र २०८१

३० भदौ, काठमाडाैं ।

सत्तारूढ नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद किरणबाबु श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जथाभावी नबोल्न भन्दै चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले १०० दिन पनि नपुग्दै सरकारको विरोध नगर्न आग्रह गरे । उनले प्रचण्डले सत्ताबाट बाहिरिनेबित्तिकै जथाभावी बोल्ने काम गरेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘अहिले गठबन्धनको सरकार बनेको १०० दिन पनि पुगेको छैन । सय दिन नपुग्दै यहाँ विभिन्न किसिमको विरोध, बाधा, अवरोधहरू सिर्जना गर्न थालिएको छ । यो प्रजातन्त्रका लागि राम्रो सन्देश पनि होइन । त्योतर्फ पनि हामी ध्यान दिऊँ भन्ने मलाई लाग्छ ।’

प्रचण्डले मुलुक बंगलादेश र श्रीलंका बन्छ भनेर जनतामा भ्रम छर्ने प्रयास गरेको बताउँदै सांसद श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी बोल्दै हिँड्ने काम नगर्न पनि चेतावनी दिए ।

Advertisement

उनले भने, ‘हिजोसम्म सत्तामा छौं । हिजोसम्म सरकारमा छौं । सरकारबाट निस्कन पाएको छैन–बंगलादेश र श्रीलंका भन्छौं । अनि त्यसको हिजोसम्मको दोषको भागी लिने न नलिने ? यस्ता अभिव्यक्तिहरूले नेपाली जनतामा भ्रम सिर्जना गर्छ। त्यो भ्रम सिर्जना गर्ने काम हामी नगरौं । प्रजातन्त्र भनेको अभिव्यक्ति स्वतन्त्रता हो । स्वच्छन्दता होइन । जे मन लाग्यो, त्यही बोल्ने किसिमको स्वच्छन्दता होइन ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top