टोटनह्यामको मैदानमा आर्सनलको जित, उक्लियो दोस्रो स्थानमा

३० भदौ ८१, सोमबार

३० भदौ, एजेन्सी । 

Advertisement

इंग्लिस प्रिमियर लिगमा आर्सनलले टोटनह्याम हटस्परलाई उसैको मैदानमा हराएको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोलले हराएको हो ।

टोटनह्याम हटस्पर मैदानमा आर्सनललाई जिताउन ग्राबियल मागलहाइजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औं मिनेटमा उनले गरेको गोल नै आर्नसलको जितमा निर्णाायक बनेको हो ।

Advertisement

यससँगै आर्सनल लिभरपुललाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलमा १० अंक जोडेको छ । टोटनह्याम भने चा अंकका साथ १३औं स्थानमा छ ।

शीर्ष स्थानमा रहेको सिटीसँग १२ अंक छ भने तेस्रो स्थानको लिभरपुलसँग ९ अंक छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top