×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रविमाथि भएन कारवाही सिफारिस, गोर्खा मिडियामा आएको रकम खर्च गरेको मात्र पुष्टि

३१ भाद्र २०८१

३१ भदौ, काठमाडौं ।

सहकारीबाट गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा मात्रै उनी संलग्न रहेको भेटिएपछि रास्वपा सभापति रवि लामिछानेलाई कारबाहीको सिफारिस नगरेको पाइएको छ ।

Advertisement

सहकारी ठगीबारे छानबिनका लागि बनेको संसदीय समितिले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई कारवाही सिफारिस नगरेको पाइएको हो ।

समिति सदस्यका अनुसार रवि आफैंले सहकारीबाट रकम निकालेको कुनै पनि प्रमाण भेटिएको छैन । गोर्खा मिडियामा सहकारीबाट ६७ करोड रुपैयाँ आएको र सो रकम ल्याउन जीवी राई एकल जिम्मेवार रहेको ठहर गरिएको छ ।

गोर्खा मिडियामा आएको रकम प्रवन्ध निर्देशक लामिछानेसहित तीन जनाको हस्ताक्षर चल्ने गरी खाता खोलिएको थियो । उनीहरूमध्ये एक जनाको हस्ताक्षरमा पैसा निकाल्ने सकिने व्यवस्था थियो ।

स्रोतका अनुसार ६७ करोडमध्ये ठूलो हिस्सा टेलिभिजनका कर्मचारीको तलबभत्तामा खर्च भएको छ । टेलिभिजनमा प्रबन्ध निर्देशक भएकाले रविले नै अधिकांश चेकमा हस्ताक्षर गरेका थिए ।

‘रविले सहकारीको रकम निकालेर व्यक्तिगत रूपमा हिनामिना गरेको नभेटिएनको एक सदस्यले बताएका छन् ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले रविलाई बयान लिएको थियो ।

गत जेठ १५ गते एमालेका सूर्य थापाको संयोजकत्वमा बनेको छानबिन समितिले रविसहित सहकारी प्रकरणमा मुछिएका विभिन्न व्यक्तिहरूसँग बयान लिएको थियो ।

सञ्चारकर्ममा हुँदा रवि लामिछानेले जिबी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।

Advertisement

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जिवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ चलाउँदै आएका रवि टिभीबाट राजीनामा दिएर राजनीतिमा हानिएका थिए । रास्वपाको स्थापना गरेर पार्टीलाई सदनमा २१ सिट संख्या दिन सफल भएका थिए, लामिछाने ।

भर्खरको समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

सम्बन्धित खबरहरु

Scroll to Top