विश्व विजेता अर्जेन्टिना नै नम्बर १

२ असोज ८१, बिहीबार

३ असोज , एजेन्सी ।

विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयताको शीर्ष स्थानमा कायमै रहेको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार अर्जेन्टिनाले १८८९.०२ अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको हो ।

दुई वर्षअघि कतारमा भएको फिफा विश्वकप जितेयता अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा कायमै छ । फिफाको सेप्टेम्बर विन्डोमा चिलीलाई ३–० हराउँदा कोलम्बियासँग २–१ ले पराजित भएको थियो ।

वरीयताको दोस्रोदेखि १०औँ स्थानसम्म परिवर्तन भएको छ । नयाँ अद्यावधिक वरीयताअनुसार फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्यान्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छन् । यस्तै, बेल्जियम छैटौँ, नेदरल्यान्ड्स सातौँ, पोर्चुगल आठौँ, कोलम्बिया नवौँ र इटाली १०औँ स्थानमा छन् ।

एसियाली वरीयतामा भने जापान शीर्ष स्थानमा छ । विश्व वरीयतामा भने जापान १६औँ स्थानमा छ । वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७६ औं स्थानमा रहेको छ । छिमेकी भारत भने १सय २६ औं स्थानमा रहेको छ ।

अफगानिस्तान समेत नेपाल भन्दा माथि रहेको छ । अफगान वरीयतामा १ सय ५२ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रहरुमा माल्दिभ्स नेपालभन्दा माथि १ सय ६३ औं स्थानमा रहेको छ भने बंगलादेश, भुटान र पाकिस्तान भने पछाडि रहेका छन् । विश्व वरीयतामा सान मारिनो सबैभन्दा पुछारमा रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top