अरनिकोको वादविवाद प्रतियोगितामा कविसा पोखरेल प्रथम

२ असोज ८१, बिहीबार

३ असोज , विराटनगर।

Advertisement

अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले संविधान दिवसको उपलक्ष्यमा बढ्दो वैदेशिक पलायन ःरहर कि बाध्यता शीर्षकमा आयोजित वादविवाद प्रतियोगितामा कविसा पोखरेल प्रथम भएकी छन् ।

Advertisement

                                   यस्तै प्रतियोगितामा समीर कटुवाल द्वितीय, आब्या घिमिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान हासिल गरेका छन् ।

Advertisement

विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का गरी २६ जना विद्यार्थी प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा साहित्यकार तथा पत्रकार मीनकुमार नवोदित, टंकनाथ कोइराला र शिवकुमार लम्सालको निर्णायक मण्डलले विजेता छनोट गरेको हो ।

विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य राजेश कार्की, विद्यालयका निर्देशक भरतराज दाहाल, निर्णायकत्रयले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए । विद्यार्थीहरूको तार्किक क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विमल भट्टराईले बताएका छन् ।

विद्यालयले समय समयमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत आयोजना गर्दै आएको विद्यालयका प्राचार्य कार्कीले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top