×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पाइलट पढ्न ७० लाख चन्दा उठाएका दीपेन्द्र अमेरिका उडे

३ आश्विन २०८१

३ असोज , काठमाण्डौ ।

म निन्द्रामा पनि पाइलट बन्न चाहन्थेँ ।
औशीँ मा , पूर्णिमा मा पनि पाइलटनै बन्न चाहन्थेँ ।
कक्षामा विद्यार्थी हुँदा पाइलट बन्न चाहन्थेँ ।
शिक्षक हुँदा पनि पाइलट नै बन्न चाहन्थेँ ।
राधा – कृष्ण को कथा सुनिरहँदा पनि त्यही सोच्थेँ।
गाली खाँदा पनि पाइलट नै बन्न चाहन्थेँ ।
प्रशंसा भइरहँदा पनि त्यही ।
चिसो मौसममा पनि पाइलटनै बन्न चाहन्थें ।
गर्मी हुँदा पनि त्यही ।
घाम लाग्दा , नलाग्दा ,
पानी पर्दा , नपर्दा
त्यही सोच्थें ।
अरुले विश्वास नगर्दा , म आफैलाई विश्वास गरेर
पाइलट नै बन्न चाहन्थें ।
बिरामी हुँदापनि पाइलट नै बन्न चाहन्थें ।
म निन्द्रामा पनि पाइलटनै बन्न चाहन्थें ।
सपनामा पनि पाइलटनै बन्न चाहन्थें ।
विपनामा पनि ..
बाइक चढ्दा पनि पाइलट नै बन्न चाहन्थे ।
कार चढ्दा पनि
हिँड्दा पनि
गीत सुन्दा पनि त्यही ः
म सधैँ पाइलट नै बन्न चाहन्थें ।
म जन्मेकै यस्को लागि हो ,
म उस्को लागि , ऊ मेरो लागि
यी कविताका शब्दहरु हुन्, पाइलट बन्ने सपना देखेर त्यो सपना पूरा गर्न १ रुपैयाँ चन्दा संकलन गरेरै ७० लाख रपैयाँ जम्मा गरेका दीपेन्द्र घिसिङका । अब उनी पाइलट बन्ने भएका छन् । एक रुपैयाँ आर्थिक सहयोग संकलन गरेर पाइलट बन्ने सपना देखेका दोलखाका दीपेन्द्र घिसिङको सपना अन्ततः पूरा हुने भएको छ ।

Advertisement
Advertisement

पाइलट बन्ने आफ्नो सपना पूरा गर्नकै लागि दीपेन्द्र अमेरिका प्रस्थान गरेका छन् । अमेरिका उड्नु अघि उनले भनेका छन्, तपाईहरुको अपार सहयोग र मायाले भरिपूर्ण भएकोमा म धेरै धन्य छु! म पक्कै तपाईं सबैलाई धेरै गर्व गराउने छु । नेपाल लाई मिस गर्नेछु ।

दीपेन्द्र परिवारको आर्थिक अवस्था दयनीय भएकै कारण सानैदेखिको पाइलट बन्ने सपना साकार गर्न एक रुपैयाँ अभियान सञ्चालन गरेका युवा हुन् । दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका दीपेन्द्र घिसिङले पाइलट पढ्नका लागि भन्दै एक रुपैयाँ अभियानमार्फत् सहयोग संकलन गरेका छन् ।

यही अभियान मार्फत नै उनले ७० लाख भन्दा बढी सहयोग संकलन गरेका छन् । पाइलट पढ्नका लागि आवश्यक बजेट जुटाइसकेका घिसिङलाई उनको सपना पूरा गर्ने अवसर पनि अमेरिकाले जुटाइदिएको छ ।

यसअघि उनको अमेरिकी भिसा स्वीकृत हुँदा पनि उनले सामाजिक संजालमार्फत खुशी साटेका थिए । उनी आफू पाइलट बनेर नेपाल त आउने नै छन् । यस अवधिमा उनले आफू जस्तै विद्यार्थीहरुका सपना पूरा गर्न पनि लाग्ने बताएका छन् ।

उनले लेखेका छन्,अन्त्यन्तै खुसीको खबर !! अन्तत ः अमेरिकाले मेरो पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको छ भिसासंगै अब मेरो पढाइको लागि सबै बाटो खुलेको छ। म भन्दा भाग्यमानी अरु को हुन सक्ला त यो क्षणमा जब , भिसा अफिसरले समय लिएर ध्यानपूर्वक मेरो “ अध्ययनका लागि १ रुपियाँ अभियान “ को बारेमा सुनेर बसे र अभियानकै कारण सजिलै भिसा पनि पाएँ ।

जाने वेला उहाँले सोध्नुभयो ,आगामी पाँचवर्षमा आफूलाई कहाँ देख्छौ भनेर । मैले जवाफ दिएँ “ म नेपाली ध्वजावाहक नेपाल वायुसेवाको जहाज उडाइरहेको हुन्छु , सारा नेपालीको “ हाम्रो पाइलट “ हुनेछु र सबैलाई पढ्न , अधि बढ्न प्रेरित गर्दै अरु म जस्तै विद्यार्थीको लागि अभियान चलाउँदै गरेको हुन्छु “ ।

अखिर हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ र सधैँ कर्म र मिहिनेतमा विश्वास गर्नुपर्छ अनि आफ्नो कमजोरीलाई नै आफ्नो तागत बनाउनुपर्छ । सबैलाई धन्यवाद शब्दमा होइन , आफ्नो कामले दिनेछु । दोलखाको विकट गाउँ मूलाबारीमा जन्मेका दीपेन्द्र सानै छँदा उनका बुवाले दोस्रो बिहे गरे।

त्यसपछि उनी आमासँगै मामाघरमा बस्न थाले। त्यहीँको बोर्डिङ पढ्न थाले। आफ्नो पढाइको लागि आमाले धेरै दुःख गरेको सम्झिँदै उनले भने, ’आमाले मेरो लागि धेरै दुःख गर्नुभएको छ। त्योबेला अरूको छोराछोरी बोर्डिङ पढेको देखेर मलाई पनि बोर्डिङ नै पढाउनुभयो। मलाई पढाउनका लागि उहाँ रक्सी बेच्नुहुन्थ्यो। रक्सी बेच्नका लागि उहाँ दुई तीन घण्टाको बाटो हिँड्नुहुन्थ्यो।’

आमाको दुःख बुझेका दीपेन्द्र सानैदेखि नै पढाइमा तेज थिए। आठ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि भने काठमाडौं आफन्तकहाँ बसेर पढ्न थाले। लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयबाट २०७४ सालमा एसइई दिएका उनी ३.७५ जिपिए, ’ए प्लस’ ल्याएर उत्तीर्ण भए। एसइईमा राम्रो अंक आएपछि उनले विज्ञान विषय लिएर पढ्ने सोच बनाए।

उनले यो कुरा आमालाई सुनाए। तर आमा त्यतिबेला दोस्रो बिहे गरेर अर्काको घर गइसकेकी थिइन्। त्यसपछि उनले बुवासँग कुरा राखे। उनी बुवा र कान्छी आमासँग बसेर पढ्न थाले। उनले बौद्धकै अरुणिमा कलेजमा भर्ना गरे।

सुरूका केही दिन उनलाई बुवा र कान्छी आमा दुबैबाट राम्रो व्यवहार भयो। तर उनकै विषयमा बुवा र कान्छी आमाबीच खटपट सुरू भयो । त्यसपछि उनी आफै कोठा भाडामा लिएर बस्न थाले। कोठामा बस्न थालेपछि उनी एउटा स्कुलमा पढाउन थाले।

जसल उनको क्याम्पसको पढाइ रोकियो । उनी कोठाभाडा तिर्न र खाना स्कुल र रेस्टुरेन्टमा काम गर्न थाले । पछि कोरोनाकालमा जसोतसो गरेर कलेजको शुल्क बुझाएपछि उनले परीक्षा दिन पाए । जुन परीक्षामा उनले ३.२२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरे। त्यसपछि पाइलटको सपना पूरा गर्ने लक्ष्यमा उनी जुटे ।

तर त्यसका लागि चाहिने पैसा जुटाउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौतीको पहाड बन्यो । उनले तीनै तहका सरकार धाए । तर छात्रबृत्ति डाक्टर र इन्जिनियरका लागि मात्रै पाइने भएकाले उनले पाइलट पढनका लागि कतैबाट सहयोग पाएनन् ।

Advertisement

यद्यपि उनले आफ्नो सपना भने टुट्न दिएनन् । यस्तो अवस्थामा नै उनले ’एक रुपैयाँ अभियान’ को सुरुवात गरेका थिए । उनले योजना बनाएको केही महिनापछि सामाजिक संजाल फेसबुकमार्फत एक रुपैयाँ अभियानको घोषणा गरेका थिए । उनी अभियान सुरु गरेको ४ महिनामै ६१ लाख सहयोग संकलन गर्न सफल भएका थिए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top