×

NEPAL TIMES UPDATES

Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026

तिरुपतिको लड्डुमा राजनीति मुछियो

५ आश्विन २०८१

५ असोज ,काठमाण्डौ।

भारतमा आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी गरिएको छ । यो विषयले अब राजनीतिक रंग समेत पाएको छ ।

Advertisement
Advertisement

मुख्यमन्त्री चन्द्रबाबु नायाडूले विगतको सरकारको समयमा तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिने गरेको आरोप लगाएका छन् । तर पुर्व सरकारको नेतृत्वमा रहेको जगन मोहन रेड्डीको पार्टीले नायडूको टिप्पणीको विरोध गर्दै यी आरोपहरूलाई अस्वीकार गरेको छ ।

यस विषयमा भाजपालगायत धेरै राजनीतिक दलहरूले आफ्नो प्रतिक्रिया दिएका छन् । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा हरेक वर्ष लाखौं भक्तजन आउँछन् । मन्दिरमा आउने मानिसहरूलाई लड्डू प्रसादको रूपमा दिइन्छ ।

टीडीपीले गुजरातको नेशनल डेयरी डेभलपमेन्ट बोर्डलाई उद्धृत गर्दै लड्डूमा जनावरको बोसो भएको पुष्टि भएको बताएको छ । यद्यपी एनडीडीबीले यो सम्पूर्ण विवादमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । विवादित नमूना वास्तवमा तिरुपति मन्दिरबाट लिइएको हो वा होइन भन्ने विषयमा पनि कुनै प्रतिक्रिया आएको छैन ।

सेयर भइरहेको रिपोर्टमा पनि नमूना तिरुपति मन्दिरको हो भन्ने उल्लेख छैन । अंग्रेजी अखबार इन्डियन एक्सप्रेसले स्रोतलाई उद्धृत गर्दै लड्डू र अन्य प्रसाद बनाउन प्रयोग हुने घ्यू वाईएसआर कांग्रेस पार्टीको पालामा धेरै एजेन्सीहरूबाट लिइएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा धेरै कुराहरु उल्लेख गरिएको बताइएको छ । सोयाबीन, सूर्यमुखी, कपासको बीउ, नरिवल जस्ता चीजहरू यसमा लेखिएको छ । लर्ड भन्नाले कुनै पनि बोसो पग्लिँदा बाहिर निस्कने सेतो पदार्थ हो । यस्तै माछाको तेल छ र बीफ टेलो भनेको गाईको मासुको बोसो तताएर निकाल्ने तेल हो ।

सामान तोकिएको अनुपातमा नरहेको दाबी पनि गरिएको छ । मुख्यमन्त्री नायडूले भने, ’तिरुमाला लड्डुलाई यसरी अपवित्र बनाइन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन।’ पछिल्लो पाँच वर्षमा वाईएसआरले तिरुमालाको पवित्रतालाई अपवित्र बनाएको छ ।’

नायडूले अगाडी भनेका छन– ’तिरुमाला लड्डुको घ्यूमा जनावरको बोसो प्रयोग गरिएको पुष्टि भएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । यसका लागि दोषी जो कोही पनि दण्डित हुनेछन् ।’

पूर्व मुख्यमन्त्री जगन मोहन रेड्डीको पार्टी वाईएसआरले पनि यस विषयमा प्रतिक्रिया दिएको छ र नायडूको आरोपलाई अस्वीकार गरेको छ । वाईएसआरका नेता तथा तिरुमाला तिरुपति देवस्थानम ट्रस्टका पूर्व अध्यक्ष वाईवी सुब्बारेड्डीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नायडूले तिरुमाला मन्दिरको पवित्रतामा ठेस पु¥याएर करोडौं हिन्दूहरूको भावनामा चोट पु¥याएर पाप गरेका छन् ।

यस्तो आरोप कसैले लगाउन सक्दैन । विवादको बीचमा राज्यका उपमुख्यमन्त्री पवन कल्याणले सामाजिक सञ्जालमा सेयर गरेको पोस्टमा लेखेका छन्, ‘तिरुपति बालाजी प्रसादमा जनावरको बोसो (माछाको तेल, सुँगुरको बोसो र गाईको मासुको बोसो) मिसिएको कुराले हामी सबै निकै चिन्तित छौं ।

तत्कालीन सरकारले गठन गरेको टिटीडि बोर्डले धेरै प्रश्नहरूको जवाफ दिनु पर्नेछ । हाम्रो सरकार सक्दो कडा कदम चाल्न प्रतिबद्ध छ, तथापि, यो मामलाले मन्दिरको अपवित्रता, भूमि मुद्दा र अन्य धार्मिक अभ्यासहरू सम्बन्धी धेरै मुद्दाहरूलाई हाइलाइट गर्दछ । सनातन धर्मको अपमान रोक्न एकजुट हुनुपर्छ ।’

तिरुमाला तिरुपति देवस्थानम अर्थात् टिटीडी ट्रस्ट मन्दिरसँग सम्बन्धित काममा संलग्न रहेको बताइएको छ । यस ट्रस्टसँग सम्बन्धित मजदुर संघका कान्दरपु मुरलीले सीएम नायडूको बयानको आलोचना गरेका छन् र यसलाई टीटीडी कर्मचारीहरूको अपमान भनेका छन् ।

उनले टीटीडीको पारदर्शी प्रक्रिया रहेको र प्रसादमा समावेश भएका चीजहरूको परीक्षण गर्न सकिने बताएका छन् । टीटीडीले पाउने प्रसाद प्रमाणित भएपछि मात्र दैनिक उपलब्ध गराउने गरेको उनले बताएका छन् । यसअघि पनि तिरुपतिको प्रसाद लड्डु बारे विवाद भएको थियो ।

इतिहासकार गोपी कृष्ण रेड्डीले सुरुदेखि नै कुन जातिले लड्डू बनाउने र कसलाई नगर्ने भन्ने कुरामा कुनै उल्लेख नरहेको र सुरुमा ईसाई र मुस्लिमहरू पनि ट्रस्टमा सामेल रहेको बताएका छन् । अझै पनि ट्रस्टमा इसाई र मुस्लिम हुनसक्ने र सबै प्रकारका मानिसहरूलाई समावेश गर्नुपर्ने उनको धारणा छ ।

यस्तै केंद्रीय मंत्री प्रह्लाद जोशीले भने, “तिरुपतिको लड्डूका बारेमा जे कुराहरु आंध्र प्रदेशका मुख्यमंत्रीले भनेका छन्, त्यो निकै नै गंभीर मामला हो । यसको जाँच हुनुपर्छ “ । उनले अगाडि भने, “ल्याब रिपोर्टमा र यो मामिलामा जे कुराहरु बाहिर आएका छन् त्यो निकै नै खतरनाक छ ।

करोडौं मानिसहरुको श्रद्धाको विषय हो । उनले भने, चंद्रबाबू नायडूले जुन ल्याब रिपोर्ट सार्वजनिक गरेका छन्, त्यसको बारेमा पुर्णरुपमा जांच हुनुपर्छ । यदी यो सत्य निक्लियो भने कडाभन्दा कडा सजाय हुनुपर्छ “ । सीबीआईलाई यो मामिलामा अनुशन्धानका लागि सुम्पिने कुरामा केंद्रीय मंत्रीले भने, “चंद्रबाबू नायडूले यो डिसाइड गर्नेछन् कि यो मामिलालाई सीबीआई दिने या एसआईटी गठन गर्ने । यो निर्णय प्रदेश सरकारले गर्नेछ “ ।

यता यसमाथि टिप्पणी गर्दै समाजवादी पार्टीका नेता फखरुल हसन चंदले भने, “आस्था र धर्मसंग जोडिएको विषयमा राजनीति हुनुहुँदैन । यो गंभीर विषय हो । यसको गंभीरताले अनुशन्धान हुनुपर्छ“ । उनले भने, “आस्था र धर्मसंग जोडिएको विषयमा राजनीति गर्ने अधिकार कुनै पनि दललाई छैन । कसैलाई पनि कसैको आस्थासंग खेलवाड गर्ने कुनै अधिकार छैन“ ।

तिरुमाला तिरुपति मन्दिर, भगवान वेंकटेश्वरलाई समर्पित, भारतको सबैभन्दा पवित्र मन्दिरहरू मध्ये एक हो । मन्दिरमा हरेक दिन औसतमा एक लाखभन्दा बढी भक्तजन पूजा मात्र गर्दैनन्, दान पनि गर्छन् । मन्दिरको दान पेटीमा लाखौं रुपैयाँ जम्मा मात्रै होइन, गहना चढाउनेको पनि कमी छैन । तिरुपति मन्दिरलाई भारतकै धनी मन्दिर मानिन्छ । भगवान वेंकटेश्वरले पद्मावतीसँग विवाह गर्ने योजना बनाउँदा पैसाको अभाव भएकोले धनका देवता कुबेरकहाँ गएर एक करोड रुपैयाँ र एक करोड सुनको सिक्का मागेको पुरानो मान्यता छ । भगवान वेंकटेश्वरसँग त्यो ऋण अझै पनि रहेको र भक्तजनहरुले उदारतापूर्वक दान दिएर सो ऋणको ब्याज तिर्न सहयोग गर्ने विश्वास गरिन्छ ।
पज………….
तिरुमाला मन्दिरमा हरेक वर्ष करिब एक टन सुन दान आउँछ । मुख्य मन्दिर परिसर बलियो पर्खालले घेरिएको छ र मन्दिर भित्र कुनै फोटोग्राफी गर्न अनुमति छैन । अहिले चर्चामा रहेका लड्डू मन्दिरको गोप्य भान्छामा तयार पारिन्छन् । यो भान्सालाई पोट्टु भनिन्छ ।

यहाँ दैनिक हजारौं लड्डू तयार हुने जनविश्वास छ । सन् २००९ मा तिरुपति लड्डुलाई भौगोलिक संकेत दिइएको थियो । लड्डु चना, मक्खन, चिनी, काजू, किसमिस र अलैंचीबाट बनाइन्छ । यो लड्डु बनाउने विधि ३ सय वर्ष पुरानो रहेको बताइएको छ ।

तिरुपतिको प्रसादका लागि बन्ने लड्डुका विषयमा भइरहेका यी विवादबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top