×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

भिक्ट्री प्लान लिएर अमेरिका पुगे जेलेन्स्की

७ आश्विन २०८१

७ असोज, विराटनगर।

यूक्रेन र रूसबीच अढाई वर्षभन्दा धेरै समयदेखि युद्ध जारी छ । यो युद्ध अहिले पनि रोकिने सुरसार देखिएको छैन । यद्यपि, यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्की अब यो युद्ध अन्त्य होस भन्ने चाहान्छन् । उनले यसका लागि एक योजना पनि बनाएका छन् ।

Advertisement
Advertisement

सोही योजना लिएर उनी रविवार संयुक्त राज्य अमेरिका पुगेका छन् । जेलेंस्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनका साथै उप राष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रंपसमक्ष पनि आफ्नो प्रस्ताव राख्ने बताएका छन् ।

उनले यो प्रस्तावलाई भिक्ट्री प्लान अर्थात ’जीतको योजना’ नाम दिएका छन् ।युद्ध सुरु भएको अढाई वर्षपछि जेलेन्स्की युद्ध रोक्नका लागि निकै प्रयासरत छन् । तर मस्को पूर्वी यूक्रेनमा तिव्र गतिमा अगाडि बढिरहेको छ यता किभ पनि रूसको कुर्स्कमा ठूलै क्षेत्रमा कब्जा गरेर बसेको छ ।

यसका साथै किभले कयौं सातादेखि पश्चिमाहरुमाथि दबाव बढाइरहेको छ कि उसलाई रूसभित्रका लक्ष्यहरुमा पनि हमला गर्नका लागि लामो दुरीका हतियार प्रयोगको अनुमति दिइयोस । तर अहिलेसम्म उसले त्यस्तो अनुमति पाइसकेको छैन ।

यस्तोमा अब यूक्रेनी राष्ट्रपतिले बाइडनसंग व्हाइट हाउसमा भेट हुँदा उनको मन बदलिने प्रयास भने गर्नेछन् । अमेरिका भ्रमणको पहिलो चरणका क्रममा यूक्रेनी राष्ट्रपतिले आइतबार पेन्सिल्भेनियामा रहेको एक कारखानाको अवलोकन गरे, जहाँ १५५ मिमी तोपखानाका लागि गोलाहरु उत्पादन हुन्छ ।

उनले यो अवलोकनलाई आइतबार नै एक्समा एक तस्वीर साझा गर्दै जानकारी दिएका छन् । जसम उनी कारखानाका कर्मचारीहरुसंग हात मिलाउँदै गरेको देखिएका छन् । त्यहाँ उनले लेखेका छन्, ’मैले कारखानाका सबै कर्मचारिहरुप्रति आभार व्यक्त गर्दै अमेरिकाको आफ्नो यात्रा शुरू गरेको छु । उत्पादनमा तिव्रता आएको छ । यस्तो स्थानमा तपाइँ वास्तवमै महसूस गर्न सक्नुहुन्छ कि लोकतन्त्रले विश्वले जित्न सक्छ।’

अब जेलेन्स्की न्यूयोर्क र वाशिंगटन जानेछन् । जेलेंस्कीले भनेका छन्, आउँने साताले तय गर्नेछ, हजारौं मानिसहरुको ज्यान लिएको ३० महिना भन्दा लामो युद्ध कसरी अन्त्य हुने छ । उनले भने, ’अब यो तय गरिने छ कि राज्यका नेताहरुको वर्तमान पीढीको विरासत के हुने छ, जो उच्च पदमा बसेका छन्ं।’

यो यात्राअघि जेलेंस्कीले भनेका थिए, संयुक्त राज्य अमेरिका र ब्रिटेनले किभलाई लामो दूरीका हतियारहरुको प्रयोग गर्न अनुमति दिएका छैनन् । किनभने उनीहरुलाई संघर्ष बढ्ने डर छ । यद्यपि, यूक्रेनी राष्ट्रपतिले संकेत गरे कि उनले आशा भने अझै छाडेका छैनन् ।

यो साताको शुरुआतमा उनले भने, ’हामीले बाइडेनका साथ भविष्यमा आफ्नो सम्बन्धलाई लिएर केही निर्णय गरेका छौं । तर उनले पछि आफ्नो दृष्टिकोण बदलिदिए’ । बाइडनका एक निकटका सल्लाहकारले यही महिना भनेको थिए, अमेरिकी नेताले आफ्नो बचेको समयको प्रयोग यूक्रेनलाई प्रबल गर्नका लागि खर्च गर्नेछन् ।

यद्यपि, यूक्रेनको योजनाको कुनै विवरण भने सार्वजनिक गरिएको छैन । जेलेंस्कीको भनाइ छ कि बाइडेन यो योजनालाई पुरा रुपमा जान्ने पहिलो विदेशी नेता हुनेछन् । यसका अलावा, यसलाई हाम्रा सहयोगी देशहरुका सबै नेताहरुका अगाडि पनि राखिने छ ।

यस्तै जेलेंस्कीले अमेरिकी सांसद, त्यसैगरी कमला ह्यारिस र ट्रंपलाई पनि योजनाका बारेमा बताउने निर्णय लिएका छन् । ट्रम्पले यस अघि भने अमेरिकाले युक्रेनलाई गरिरहेको समर्थनको आलोचना गरेका थिए । तर उनले जेलेन्स्कीलाई भेट्छु भनेका छन् ।

व्हाइट हाउसले पनि भनेको छ कि जेलेन्स्कीले बाइडेनसंग र ह्यारिससंग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । उनले विहीबार वा शुक्रवार रिपब्लिकन नेता ट्रंपसंग भेट गर्ने बताइएको छ । ह्वाइट हाउसले युक्रेनका लागि ३७ करोड ५० लाख डलरको नयाँ सैन्य सहायता प्याकेजको तयारी गरिरहँदा जेलेन्स्की अमेरिका पुगेका हुन् ।

‘यो शिशिरले यो युद्धको भविष्य निर्धारण गर्नेछ,’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा भिडियो सम्बोधनमा जेलेन्स्कीले भनेका छन् । आफ्नो विजय योजनामा जेलेन्स्कीले सेनाका लागि थप हतियार दान दिने, रुसलाई शान्तिमा आउन कूटनीतिक रूपमा बाध्य पार्ने र सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमणको जिम्मेवार ठहराउनु पर्ने भनेर उल्लेख गरेका छन् ।

महिनौँदेखि युक्रेनले अमेरिका, बेलायत र अन्य पश्चिमी मित्र देशहरूलाई लामो दूरीको मिसाइलको प्रयोगमा लगाएको प्रतिबन्ध खुकुलो बनाउन अनुरोध गरिरहेको छ । यसैबीच जेलेन्स्कीले नोभेम्बरमा हुने दोस्रो शान्ति शिखर सम्मेलनमा आफ्नो महत्वपूर्ण सहभागिता रहने बताएका छन् ।

जसमा उनले रुसीको पनि अनिवार्य सहभागिता होस् भन्ने चाहेका छन् । तर रुसले त्यसमा भाग नलिने बताएको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले द्वन्द्व समाधानसँग सम्बन्धित नभएकाले रुसले युक्रेनबारे सम्भावित दोस्रो शान्ति सम्मेलनमा भाग नलिने बताएकी छन् ।

उनले नोभेम्बरमा दोस्रो शान्ति शिखर सम्मेलन गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको योजनाको जवाफमा उक्त टिप्पणी गरेकी हुन् । जेलेन्स्कीले सम्मेलनमा रूसी प्रतिनिधिहरूलाई आमन्त्रित गर्ने इच्छा व्यक्त गरेका थिए ।

त्यसमा जाखारोभाले भनिन्, “रूसी प्रतिनिधिहरू तथाकथित ‘बर्गेनस्टक प्रक्रिया’ अन्तर्गत कुनै पनि बैठकमा सहभागी भएका छैनन् र त्यसो गर्ने योजना पनि छैन । यो प्रक्रियाको वास्तविक द्वन्द्व समाधानसँग कुनै सरोकार छैन”, उनले मन्त्रालयको वेबसाइटमा भनेकी छन् ।

शिखर सम्मेलनको उद्देश्य द्वन्द्व समाधानको एकमात्र आधारका रूपमा अव्यावहारिक जेलेन्स्की सूत्रलाई प्रवर्द्धन गर्ने, अन्तर्राष्ट्रिय समर्थन खोज्ने र रूसलाई आत्मसमर्पणका लागि अल्टिमेटम जारी गर्ने मञ्चका रूपमा प्रयोग गर्नु रहेको प्रवक्ता जाखारोभाको भनाइ छ ।

उनले सङ्कटको कूटनीतिक समाधानलाई रुसले अस्वीकार नगरेको भन्दै विकसित भू–राजनीतिक यथार्थ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जुन १४ मा प्रस्ताव गरेको पहललाई प्रतिबिम्बित गर्ने गम्भीर प्रस्तावहरूमा छलफल गर्न खुला रहेको पनि बताएकी छन् ।

उनका अनुसार रुस र उसको हितलाई ध्यानमा नराखी न्यायपूर्ण तथा दिगो समाधान हासिल गर्न असम्भव छ । कुर्स्क क्षेत्रमा भर्खरै युक्रेनी आक्रमण र रूसी भू–भागमा प्रहार गर्न लामो दूरीका नाटो हतियारहरूको प्रयोगलाई उदाहरण दिँदै जाखारोभले किभ र पश्चिमी मुलुकहरूले शान्तिभन्दा युद्धमा ध्यान केन्द्रित गरेको भनी आलोचना गरेकी छन् ।

Advertisement

यसबारे आफ्ना टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top