×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

आफू बच्न छविले रविको नाम पोले, लगाए यस्तो दोष

७ आश्विन २०८१

७ असोज, काठमाण्डौ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व संचालक पूर्वडीआईजी छविलाल जोशीलाई अनुसन्धान गर्न पाँच दिन म्याद थप भएको छ । जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई आइतबार नै पोखरा ल्याइएको थियो ।

Advertisement
Advertisement

स्वास्थ्य जाँचपश्चात कास्की प्रहरीको हिरासतमा रहेका जोशीलाई जिल्ला अदालत कास्कीले अनुसन्धान गर्न पाँच दिन म्याद थपेको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक समेत रहेका जोशीमाथि तीनवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग प्रहरीले गरेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुनेछ । प्रहरीले १० दिनको समय माग गरेता पनि अदालतले भने पाँच दिन मात्रै समय थपेको हो ।

संसदीय समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा जोशीलाई पनि कारबाही सिफारिस गरेको थियो । विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा जोशीको भूमिका रहेको समितिको निष्कर्ष छ ।

सोही निर्णय कार्यान्वयनको क्रममा जोशी पक्राउ परेका हुन् । छानबिन प्रतिवेदनअनुसार, सुरुमा जीबी राई र जोशीले आधा–आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए । त्यसअघि उनीहरू नेटवर्किङ व्यवसायमा साझेदार थिए ।

जोशीले नै बयानमा आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएको बताएका थिए । प्रतिवेदनअनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट दुई करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए ।

वीरगन्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए । समितिले जीबी राईसहित कुमार रम्तेल, लामिछाने र जोशीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

यता प्रारम्भिक बयानमा पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जीबी) नै प्रमुख जिम्मेवार रहेको बताएका छन् ।

आइतबार पक्राउ परेका जोशीले कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बयान दिएका हुन् ।

प्रहरीका अनुसार, जोशीकै बयानका आधारमा रवि लामिछानेमाथि समेत पक्राउ अनुमति लिने कास्की प्रहरीको तयारी छ । जीबी राईमाथि भने गएको वर्ष नै पक्राउ पुर्जी जारी भएको थियो । हाल मलेसियामा रहेका राईमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् प्रहरीले रेड नोटिससमेत जारी गरिसकेको छ ।

रेड नोटिस जारी हुँदा पनि पक्राउ गर्न नसकेपछि प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका दुईजना अधिकारीलाई मलेसिया समेत पठाएको थियो । मलेसिया पुगेका प्रहरीले जीबी राई बारे भने कुनै नयाँ तथ्य फेला पार्न सकेन ।

यद्यपी मेलेसिया प्रहरीले पक्राउ गर्न आवश्यक थप कागजात भने मागेको थियो । मलेसिया प्रहरीको मागअनुसार, नै प्रहरीले जीबी राईमाथि परेको उजुरी र अन्य कागजात समेत पठाइसकेको छ । यता सहकारी ठगी प्रकरणको अनुशन्धानको केन्द्र पोखरा बन्दै गर्दा कारबाहीको सिफारिस भएका रविको पक्ष र विपक्षमा पोखरेली जनता सडकमा उत्रिएका छन् ।

जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

सँगै रविको पक्षमा समेत रास्वपाका नेता कार्यकर्ता सडकमा उत्रिएका थिए । लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन गरेका हुन् । पोखरा सहिद चोकमा रास्वपा गण्डकीको संयोजनमा विरोध प्रदर्शन गरिएको छ ।

उनीहरुले सहकारीपीडितलाई न्याय देउ भन्दै प्लेकार्ड समेत बोकेका थिए । रास्वपा गण्डकी सभापति राजन गौतमले सभापति रवि लामिछानेलाई सरकारले फसाउन षड्यन्त्र गरेको बताएका छन् । उनले सभापतिलाई गर्दै नगरेको काण्डमा फसाउन लागेको दाबी गरेका छन् ।

पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top