×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

विश्वमै धेरै तलब खाने मन्त्री पनि भ्रष्टाचारी

८ आश्विन २०८१

८ असोज , एजेन्सी ।

नेपालमा ठूला ठूला घोटाला,अर्बौको भ्रष्टाचारका प्रकरणहरुमा कयौं नेताहरुको नाम मुछिदा आक्कल झुक्कलले मात्रै सजाय पाउँने गरेकोमा सिंगापुरमा भने उपहार लिएकै आरोपमा एक पूर्वमन्त्री दोषी ठहर भएका छन् ।

Advertisement
Advertisement

विश्वकै धेरै तलब खाने मन्त्री उपहार लिएपछि दोषी ठहर भएका छन् । सिङ्गापुरका पूर्व यातायात मन्त्री सुब्रमण्यम ईश्वरन भ्रष्टाचार मुद्दामा स्थानीय अदालतबाट दोषी ठहर भएका छन् ।

उनले पदमा रहँदा उपहार प्राप्त गरेको आरोप लागेको थियो । ६२ वर्षीय ईश्वरनलाई शुरूमा भ्रष्टाचारको आरोप लगाइएको थियो तर अभियोजनकर्ताले सुनुवाइ शुरू हुने क्रममा यी आरोपको केही परिमार्जन गरेका छन् ।

सार्वजनिक अधिकारी वा व्यक्तिलाई भ्रष्टाचारको मुद्दा लाग्नु सिङ्गापुरमा दुर्लभ मानिन्छ । ईश्वरनलाई एक अर्बपति घरजग्गा कारोबारीको व्यावसायिक हित प्रवर्द्धन गरेबापत उपहार र सुविधा लिएको लगायतको आरोप लागेको थियो ।

अब ईश्वरनले आफूले लिएको प्रत्येक उपहार वा फाइदाका लागि जरिबाना वा दुई वर्षसम्मको जेल सजाय पाउन सक्छन् । भ्रष्टाचारको मुद्दा चलेर दोषी ठहर भएको भए चाहिँ उनलाई एक लाख सिङ्गापुर डलरसम्म जरिवाना वा सात वर्षसम्म जेल सजाय हुन सक्थ्यो ।

ईश्वरन सिङ्गापुरमा विगत ५० वर्षमा अदालतमा मुद्दा खेप्ने सार्वजनिक पदधारण गरेका तथा राजनीतिक पृष्ठभूमि भएका प्रथम व्यक्ति हुन् । उनको यो मुद्दाले सिङ्गापुरमा निकै ठूलो चर्चा पाएको छ ।

उनलाई सिङ्गापुरमा पहिलो पटक ’फर्मूला वन ग्र्यान्ड प्रिक्स’ आयोजना गर्ने व्यक्तिको रूपमा समेत चिनिन्छ । उक्त प्रतियोगिताको पछिल्लो संस्करण उनलाई अदालतमा उपस्थित गराइनु केही दिनअघि मात्र सम्पन्न भएको थियो ।

उनीविरुद्धको अभियोगपत्रमा ईश्वरनलाई चार लाख ३,००० सिङ्गापुर डलरभन्दा बढीको हवाई टिकट, होटलमा बसोबासको सुविधा, साङ्गीतिक कार्यक्रम र ’ग्र्यान्ड प्रिक्स’का टिकटहरू उपहारका रूपमा दिइएको उल्लेख छ ।

गत ज्यानुअरीमा अभियोग लागेलगत्तै उनले आफू दोषी नभएको दाबी गर्दै सरकारबाट राजीनामा दिएका थिए । उनले आफूमाथि लागेको कलङ्क मेट्न आफ्नो ध्यान केन्द्रित गर्ने बताएका थिए ।

उनले घरजग्गा कारोबारी ओङ बेङ सेङको व्यापारमा फाइदा पुग्ने गरी सघाएको आरोप लगाइएको थियो । त्यसबापत सेङले उनलाई घुस दिएको कुरा अभियोगपत्रमा उल्लेख थियो । गत मार्चमा ईश्वरनमाथि थप आठवटा अभियोग लगाइयो।

ती अभियोगमा उनले निर्माण व्यवसायी लुम कोक सेङसँग एउटा महँगो साइकल, गल्फ खेल्ने एक सेट क्लब र ह्विस्कीसहित विभिन्न उपहार लिएको कुरा समाविष्ट छन् । विश्वभरिकै एउटा वित्तीय केन्द्रका रूपमा स्थापित उक्त देशले भ्रष्टाचारको मामिलामा आफ्नो छवि निकै स्वच्छ रहेको देखाउँदै आएको छ ।

सन् २००० र सन् २०१० को दशकमा सिङ्गापुरको पर्यटन क्षेत्रलाई अघि बढाउन ईश्वरनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यो समयमा सरकारले ठूलो स्रोत र साधन परिचालन गरेको थियो।

क्यासिनो, होटल, पर्यटकीय आकर्षणका केन्द्र र एफवन रेसजस्ता कार्यक्रममा अर्बौँ डलर बराबरको विदेशी लगानी भएको थियो । एफवन रेसका विजेताहरूलाई उपाधि दिने कार्यक्रममा पनि उनी नियमित रूपमा सहभागी हुन्थे ।

उनै ईश्वरनविरुद्धको मुद्दा पीपल्स एक्शन पार्टीका लागि एउटा अर्को लज्जाजनक विषय बनेको छ । लामो समयदेखि भ्रष्टाचार र अनैतिक व्यवहारप्रति आफ्नो कडा अडान रहेको बताउने गरेको उक्त दल एकपछि अर्को राजनीतिक विवादमा मुछिएको छ ।

सिङ्गापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब प्राप्त गर्नेमध्ये पर्छन्। त्यहाँ केही मन्त्रीहरूको आम्दानी १० लाख सिङ्गापुर डलरभन्दा बढी छ । नेताहरूले आकर्षक तलबले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने तर्क गर्दै आएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top