NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
जेनजी विद्रोहमा प्रतिक बनेको ‘वान पिस जोली रोजर’ बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

हिजबुल्लाहलाई सिध्याउने लक्ष्यमा इजरेल, २१ देशको युद्धविराम प्रस्ताव

बिहिबार अशोज १० , २०८१
Reading Time: 1 min read
A A
इजरेलको साइबर गुरिल्ला,जसले हिजबुल्लाहलाई ठाउँको ठाउँ लडायो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० असोज ,एजेन्सी ।
गाजापट्टीलाई धुलोपिठो पारेपछि अब इजरायली सेना लेबनान कुच गर्न अघि बढेको छ । उसले लेबनानमै प्रवेश गरेर आक्रमण गर्ने सम्भावना बढेको छ । इजरायली सेना प्रमुखले नै त्यस्तो संकेत गरेका छन् ।

उनले आफ्ना सैनिकहरूलाई भनेका छन– हिजबुल्लाहविरुद्धको हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ । लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले अगाडि भनेका छन– दिनभर हमला गरिरह्यौँ।

यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्ष्य गर्नु हो । लेबनानका स्वास्थ्यमन्त्रीले हिजो सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन् ।

LS Auto

इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो । यो बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल भइरहेको छ ।

फ्रान्स र अमेरिकाले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । अमेरिका, युरोपेली संघ र बेलायतजस्ता सहयोगी राष्ट्रहरूले लेबनान र हिजबुल्लाहबीच अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका छन् ।

यो संयुक्त विज्ञप्तिअनुसार युद्ध सहन नसकिने र यसले स्थिति बिग्रने छ, जसबाट इजरायल वा लेबनान दुवैलाई कुनै फाइदा हुने छैन । जुन संयुक्त विज्ञप्तिमा अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले हस्ताक्षर गरेका छन् ।

यसबीच लेबनानका विभिन्न स्थानमा इजरायलको आक्रमणमा थप ७२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै इजरायलको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा ६२० पुगेको छ ।

इजरायलको ठूलो बमबारी अभियानबाट करिब पाँच लाख मानिस विस्थापित भएको हुन सक्ने अनुमान गरिएको लेबनानका विदेशमन्त्रीलाई उद्धृृत गर्दै अलजजिराले जनाएको छ । इजरायलले यसअघि गत सोमबार हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाइ आक्रमण गरेको थियो ।

आक्रमणमा ५०० भन्दा बढीले ज्यान गुमाएका थिए भने १ हजार ६०० भन्दा बढी घाइते भएका थिए । यसबीच मंगलबारमात्रै इरानका राष्ट्रपति मसूद पेजेस्कियनले हिजबुल्लाह इजरायल आक्रमणविरुद्ध एक्लै खडा हुन नसक्ने बताएका थिए ।

“पश्चिमी मुलुक, युरोपेली देश र संयुक्त राज्य अमेरिकाबाट सुरक्षा र समर्थन प्राप्त भइरहेको देशविरुद्ध हिजबुल्लाह एक्लै खडा हुन सक्दैन,” पेजेस्कियनले सीएनएनसँगको अन्तर्वार्तामा भनेका छन् ।

उनले ’लेबनानलाई अर्को गाजा बन्न नदिन’ अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायलविरुद्ध ’तत्काल कारबाही गर्न’ आह्वान गरेको छ ।

“इरान उदासीन रहनेछैन,” विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा भने, “हामी लेबनान र प्यालेस्टाइनका जनताको साथमा उभिएका छौँ ।” संयुक्त राष्ट्र संघको वार्षिक महासभाका लागि न्युयोर्क भ्रमणमा रहेका पेजेस्कियनले इजरायललाई युद्धोन्मादको आरोप लगाएका छन् ।

“यदि मध्यपूर्वमा ठुलो युद्ध भयो भने यसले विश्वव्यापी रूपमा कसैलाई फाइदा पु¥याउने छैन भन्ने कुरा हामी सबैलाई राम्रोसँग थाहा छ,” पेजेस्कियनले गोलमेज सम्मेलनमा सञ्चारकर्मीलाई भने, “इजरायलले व्यापक द्वन्द्वको अवस्था सिर्जना गर्न खोज्दैछ ।”

इरानले विगत १०० वर्षमा कहिल्यै युद्ध सुरु नगरेको उनले बताए । तर, कसैलाई पनि इरानी सुरक्षा र क्षेत्रीय अखण्डतालाई खतरामा पु¥याउने अनुमति नभएकोमा उनले जोड दिए ।

Tags: #इजरेल#इजरेली सेना#युद्ध भीषण बन्दै#युद्धविराम प्रस्ताव#हिजबुल्लाहलाई सिध्याउने लक्ष्य

लोकप्रीय

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रचण्डलाई बालेनको व्यंग्यःएकादेशमा टिकटक पनि बन्द भएको थियो
अन्तर्राष्ट्रिय

जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ?

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.