×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले न्युयोर्कमा नेपाललाई कसरी प्रस्तुत गर्दैछन्?

१० आश्विन २०८१

१० असोज , एजेन्सी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई सम्बोधन गर्दैछन् । न्यूयोर्कमा रहेका ओलीले स्थानीय समयअनुसार बिहान ९ बजे सुरु हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement
Advertisement

त्यसअघि बिहानी सत्रमा ९ देशमा प्रमुखले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि दिउँसो सत्रमा पहिलो वक्ताको रुपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, बेरोजगारी, गरिबी निवारण लगायतका विषय उठाउने तयारी गरेका छन्।

महासभामा सहभागी हुन गत असोज ४ गते न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली द्विपक्षीय साइडलाइन भेटवार्तामा व्यस्त छन् । हिजो मात्रै प्रधानमन्त्री ओली र बंगलादेशका प्रमुख सल्लाहकार मोहम्मद युनुसबीच भेटवार्ता भयो ।

युनुस बंगलादेशमा सत्ता परिवर्तन भएपछि अन्तरिम सरकारको प्रमुख बनेका हुन् । ओली र युनुसबीच ऊर्जा तथा पारवहन सहयोग, पर्यटन, सांस्कृतिक आदान–प्रदान, शैक्षिक सम्बन्ध तथा क्षेत्रीय–अन्तर्राष्ट्रिय फोरमहरूमा सहकार्यमा केन्द्रित रहेको जनाइएको छ ।

बंगलादेशले नेपालको विजुली किन्ने अन्तिम तयारी गरिरहेको अवस्थामा भएको यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यसैगरी अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।

सो भेटवार्तामा अमेरिकाको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा नेपालमा निर्माण भइरहेको ऊर्जा तथा सडक पूर्वाधार विकासको बारेमा कुराकानी भएको थियो । न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपालको स्थायी नियोगका अनुसार उक्त अवशरमा प्रधानमन्त्री ओलीले एमसीसीमार्फत नेपाललाई गरेको सहयोगलाई लिएर धन्यवाद दिएका छन् ।

कुराकानीमा उच्च गुणस्तरमा ट्रान्समिसन लाइन र सडक पूर्वाधार परियोजना निर्माण समयमै सक्ने आशा गरेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए । अमेरिकी पक्षले भने समयमै ऊर्जा र सडक पूर्वाधार निर्माणको काम पूरा गर्ने वाचा गरेको थियो ।

त्यसअघि ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरिसकेका छन् । ओलीले फिनल्याण्डका राष्ट्रपति, कुवेतका राजकुमार, भुटानका प्रधानमन्त्री लगायतलाई भेटिसकेका छन् ।

यस्तै बुधबार प्रधानमन्त्री ओलीले प्रमुख राष्ट्रहरुलाई जलवायु परिवर्तनमा जिम्मेवारी लिन आग्रह गरेका थिए । न्युयोर्कमा नेताहरूको जलवायु जोखिम फोरमको बैंठकमा सम्बोधन गर्दै भने,‘विश्वव्यापी जलवायु न्यायका लागि कार्बन उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरूलाई जलवायु परिवर्तनमा आफ्नो योगदानको जिम्मेवारी लिनु अनुरोध गर्दछु ।’

ओलीले जलवायु परिवर्तनले नेपालजस्ता जोखिममा परेका मुलुकमा परेको असमान प्रभावमा जोड दिएका थिए । उनले भने,‘जलवायु परिवर्तन हाम्रो समयको परिभाषित संकट हो । हिमाल र अल्पविकसित मुलुक भएकाले नेपालले बढ्दो मात्रा र तीव्रतामा जलवायुजन्य प्रकोपको सामना गरिरहेको छ ।’

उनले हिमालयमा हिमनदीको डरलाग्दो परिस्थितीलाई जोड दिँदै हिमालय क्षेत्रमा विशाल हिउँको भण्डार रहेको प्रस्ट पारे । उनले त्यो हिउँले एसियाका अरबौं मानिसहरूको लागि महत्त्वपूर्ण जीविकोपार्जन बनेको र विश्वव्यापी तापक्रम बढ्दै जाँदा त्यसलाई अभूतपूर्व रूपमा हिउँको दर घट्दै गएको पनि उल्लेख गरे ।

उनले हालैका महिनाहरूमा नेपालमा जलवायु प्रकोपले २०० भन्दा बढीको ज्यान लिनुका साथै सम्पूर्ण समुदाय र स्थानीय अर्थतन्त्रलाई ध्वस्त पारेको जानकारी पनि विश्व समुदायलाई दिए ।

ओलीले एउटा प्रतिवेदनलाई उल्लेख गर्दै सन् २००० देखि २०१८ सम्म विभिन्न जलवायु सम्बन्धि घटनामार्फत सबैभन्दा बढी प्रभावित हुने मुलुकको सूचीमा नेपाल १० औं स्थानमा रहेको बताए ।

उनले पेरिस सम्झौतामा नेपाल प्रतिबद्ध रहेको बताए । उनले उक्त सम्झौतमा उल्लिखित ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न विश्वले तत्काल कदम चाल्नुपर्ने प्रस्ट पारे ।

उनले जलवायु कार्यका लागि निष्पक्ष र सुलभ वित्तीय संयन्त्रको आवश्यकतामा रहेको पनि औंल्याए । प्रधानमन्त्रीले जलवायु कार्यका लागि जोखिममा परेका राष्ट्रहरूलाई दिगो ऋण उठाउनबाट जोगाउन जलवायु वित्त सहुलियतमा हुनुपर्नेमा जोड दिए ।

यस्तै प्रधानमन्त्रीको नेतृत्वमा गएको टोलीमा सहभागिपरराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि कम विकसित मुलुकहरू (एलडीसी) लाई सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई आग्रह गरेकी छन् ।

महासभाका दौरान भएको विश्वका शक्तिशाली २० मुलुकहरुको विदेशमन्त्रीस्तरीय बैठकमा एलडीसीको अध्यक्षको हैसियतले बोल्दै परराष्ट्रमन्त्री राणाले एलडीसी मुलुकहरूलाई सहयोग बढाउनको लागि जी–२० मुलुकहरूलाई आग्रह गरेकी हुन् ।

परराष्ट्रमन्त्री राणाले विश्वका बहुपक्षीय संस्था र शासन गर्ने संस्थाहरुमा एलडीसी मुलुकको प्रतिनिधित्वलाई पनि जोड दिन आग्रह गरिन् । उनले एलडीसी मुलुकहरुलाई कोभिड–१९, जलवायु परिवर्तन र भूराजनीतिक उतारचढावले गर्दा असर गरेको बताइन् ।

एलडीसीले विगत दुई दशकयताकै सबैभन्दा बढी गरिबी व्यहोरेको छ । अहिलेको जी–२० को अध्यक्ष ब्राजिलले उक्त कार्यक्रम आयोजना गरेको थियो । यस्तै परराष्ट्रमन्त्री डा. देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेट गरेकी छिन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो। त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। प्रधानमन्त्री ओली नेतृत्वको टोली आगामी असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top