×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनबाट फर्किनासाथ रास्वपाको एक स्वर,रवि व्यक्ति होइन संस्था

१० आश्विन २०८१

१० वैशाख , काठमाण्डौ ।

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण तालिका छोट्याएर फर्किएका छन् । उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा गएको टोली आज फर्किएको हो । गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि सभापति रवि लामिछाने पनि पक्राउ पर्ने चर्चा चलेपछि नेताहरू फर्किएका हुन् ।

Advertisement
Advertisement

१० दिनको भ्रमणलाई छोट्याएर आफूहरू आज फर्किएको उपसभापति वाग्लेले बताएका छन् । आज ८ जना फर्किएको र बाँकी ६ जना भोलि फर्किने उनले बताए । उनीहरुले शनिवार चीन गएका थिए ।

भ्रमण टोलीमा उपसभापति वाग्लेसहित अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन् ।

नेपाल फर्किनासाथ रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेमाथि दुई तिहाइको सरकारले शक्ति दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति वाग्लेले सभापति व्यक्ति मात्रै नभएर संस्था भएको बताए ।

उनले भने, ‘रास्वपा सभापति व्यक्ति होइन, संस्था हो। त्यो माथि प्रहार भएको छ इगोको कारणले। त्यसको सामना हामी एकजुट भएर गर्ने भ्रमणमा गएका १४ जनाले पनि एकताबद्ध भएर निर्णय गरेका छौँ।’

उनले अगाडि भने, ‘यो भ्रमणलाई नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ,’ ‘हामी पनि घटनाक्रमबारे अवगत थियौँ। यो अप्ठेरो घडीमा पार्टीमाथि प्रहार भएको छ भने एकमतका साथ निर्णय गरेर फर्किएका हौँ।’

निर्धारित तीन एजेन्डामध्ये २ वटा पूरा गरेर फर्किएको वाग्लेले बताए । ‘चिनियाँ कम्युनिस्ट पार्टीले जुन उच्च सम्मान दिएको छ, यो प्रतिनिधिमण्डललाई यसले स्वागत गर्यो, यसले सिंगै राष्ट्रको शिर ठाडो भएको छ,’ वाग्लेले विमानस्थलमा भने ।

यस्तै कार्यवाहक प्रवक्ता मनिष झाले पनि सहकारी ठगीमा सभापतिको संलग्नता नभएको प्रतिवेदन आइसकेपछि अहिले राजनीतिक रूपमा प्रतिशोध राख्न खोजेको जिकिर गरे। उनले भने, ‘सहकारीमा सभापतिले आफैँ व्यक्तिगत रूपमा संलग्न भएर रकम लिएको छैन भनेर प्रतिवेदनले स्पष्ट पारिसकेको छ ।

यो विषय हामीले तीन महिना अघि नै प्रष्ट पारिसकेका थियौँ। अहिले कानूनी प्रक्रियाले नै टुंगिएको छ । तर, कसैको राजनीति जोगाउने उद्देश्यले षड्यन्त्र हुँदैछ । कुण्ठा र इगो राखेर जान खोजिन्छ भने हामी प्रतिवाद गर्छौँ।

कानूनी प्रक्रियामा सक्दा दुई तिहाइको शक्ति दुरुपयोग भए जनता पनि छन् भन्ने सरकारले बुझोस्।’ सहकारीमा डुबेको ८७ अर्ब छाडेर रवि लामिछानेको पछि लागेको भन्दै आपत्ति जनाए । उनले भ्रमण र सहकारी प्रकरण लगायतको विषयमा भोलि ४ बजे पत्रकार सम्मेलन राखेको उनले बताए ।

झाका अनुसार, शुक्रबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय चःमतीमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो । सभापति लामिछानेले यसअघि फेसबुक लाइभबाट सहकारी प्रकरणबारे प्रष्ट पारेका थिए ।

‘सम्भवतः नेपालको राजनीतिमा कुनै पनि राजनीतिज्ञ फेसबुक लाइभमा आएपछि लगभग ९० लाख मान्छेले उहाँको सन्देश हेर्नु भनेको नेपालको लागि नै एउटा इतिहास हो। मान्छेले कति सरोकार र अपेक्षा राखेको छ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ,’ प्रवक्ता झाले भनेका छन् ।

फेसबुक लाइभमा आएर रविले गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको बताएका छन् । उनले आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरेका छन् ।

उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’ उनले अन्याय पर्दा आफ्ना लागि जनताले बोल्ने बताएका छन् ।

यसअघि रास्वपाले आकस्मिक कार्यकर्ता भेला गर्दै चीनमा रहेका नेता–सांसदलाई यथाशक्य चाँडो फर्कन आग्रह गर्ने र सभापति पक्राउ परे प्रतिवाद गर्ने जानकारी दिएको थियो।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top