×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

चिनियाँ र रुसी विदेशमन्त्रीबीच अमेरिकामा युक्रेनबारे छलफल

१० आश्विन २०८१

१० वैशाख , एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक पटक फेरि परमाणु आक्रमणको चेतावनी दिएका बेला र चीनले पनि लामो समयपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको दाबी गरेका बेला न्युर्योकमा जारी संयुक्त राष्ट्रसंघको महासभामा भने स्वयं रुस र उसको मित्र रहेको चीनका विदेशमन्त्रीहरुले युक्रेन युद्धबारे छलफल गरेका छन् ।

Advertisement
Advertisement

चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसको सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।

पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् । आरोपलाई चीनले अस्वीकार गर्दै द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।

यसबीच युक्रेनको प्रमुख ढाडस रहेको अमेरिकामै चीन र रुसका विदेशमन्त्रीहरुले युद्धकै बारेमा छलफल गरेका हुन् । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रूसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।

छलफलमा दुवै पक्षले युक्रेन सङ्कटलगायत विषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ । विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रूस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गरेका छन् ।

चीन र रूसले ‘नो–लिमिट्स’ साझेदारीअनुरुप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् । बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँ वार्षिकोत्सव मनाउँदै छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ । यसअघि बुधबार भारतीय विदेशमन्त्री एस.जयशंकरले रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भेटेका थिए ।

भेटबारे सामाजिक सञ्जालमा जानकारी दिदै जयशंकरले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ सत्रको बैठकमा रुसी विदेशमन्त्रीसँग छुट्टै भेट भयो । ‘भेटमा मैले भारत–रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूबारे कुरा गरे’ पोस्टमा जयशंकरले लेखेका छन् ।

यसअघि रुसको विदेश मन्त्रालयले ट्वीट गर्दै यी दुईबिच भएको भेटको जानकारी दिएको थियो । लाभरोभसँगको भेटमा जयशंकरसँग के–के कुरा गरे भन्नेबारे आधिकारिक जानकारी दिइएको छैन । तर, युक्रेन द्वन्द्व अन्त्य गर्न भारतको भूमिकाबारे दुवैबिच छलफल भएको बुझिएको छ ।

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन सङ्कट समाधान गर्न चीन, भारत र ब्राजिलले सहयोग गर्न सक्ने बताएका थिए । रुस भ्रमणका क्रममा पुटिनसँगको भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्कट समाधानका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पनि भारतले यस संकटको शान्तिपूर्ण समाधान चाहेको मोदीले बताएका थिए । यस्तै प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई दोस्रो पटक न्युयोर्कमा भेटेका थिए ।

अमेरिकामा यो भेटघाट चलिरहेका बेला रुसी राष्ट्रपतिले एक पटक फेरि पश्चिमी देशहरूलाई आणविक हतियार प्रयोग गर्ने धम्की दिएका हुन् । देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने पुटिनले बताएका छन् ।

यसमा रुस विरुद्ध मिसाइल वा ड्रोन हमलाहरू विरुद्ध परमाणु हतियारको प्रयोग पनि समावेश छ । यदि रुसी क्षेत्रमा ठुलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भयो भने यसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्छ ।

त्यस्तोमा रुसले पनि आणविक हतियारहरू प्रयोग गर्न सक्ने भनिएको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top