अमेरिकाले बदल्यो खेल तालिका, एकदिवसीय सिरिजअघि टी–२०

११ असोज ८१, शुक्रबार
Share this
670shares

११ असोज, एजेन्सी ।

Advertisement

नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज भोली देखि खेल्न लागेका हुन् ।

शनिबार हुने पहिलो खेल नेपला र क्यानडाबीच हुने छ । त्यस्तै आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।

Advertisement

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यी खेलहरु नेपाली समय अनुसार राति ९ः ४५ बजेदेखि शुरु हुने छन् । उता आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

क्रिकेट युएसएका अनुसार नेपाल र अमेरिकाले टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा टी–२० सिरिज खेल्नेछन्। नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

Advertisement

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। यसअघि लिग–२ का खेल ह्युस्टनमा हुने भनिए पनि खेल डालासको ग्रान्ड प्रिएरीमा हुन भएको हो।

लिग–२ म नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ। हाल नेपाल क्रिकेट टोली क्यानडामा छ।

क्यानडामा घरेलु टोली र ओमानसँग आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेपछि नेपालले दुवै टोलीसँग टी–२० सिरिज खेल्दैछ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानविरूद्ध घरेलु मैदानमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा क्यानडाले चारै खेल जित्यो।

घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिरिजमा क्यानडाले नेपाल र ओमानविरूद्धका दुवै खेल जितेको थियो।

सिरिजमा नेपालले भने क्यानडासँगको दुवै खेलसहित ओमानसँग एक खेल गुमाएको थियो। ओमानविरुद्ध नेपालको अन्तिम खेल भने वर्षाले अवरूद्ध भएको थियो। लिग–२ का तीन सिरिजका १२ खेल खेलेको क्यानडाले ८ खेलमा जित निकालिसकेको छ।

अंक तालिकाको शीर्ष टोली बन्दा उसले ८ खेल जित र ४ हार ब्यहोर्दै १६ अंक जोडेको छ। यता नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

अमेरिकाले ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेको छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नामिबिया १२ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा छ।

उसले १२ मध्ये ५ खेलमा जित र ७ खेलमा हार ब्यहोरेको छ। यता स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थनमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ। नेपाल अंक तालिकाको सातौं स्थानमा छ।

नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ। नेपाल ६ खेलमा त पराजित भइसकेको छ। अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top